• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ३. बिचौलियाको मारमा किसान

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

‘घुमौँ सौराहा’ अभियानलाई निरन्तरता दिइँदै

  •   बिहिबार, बैशाख २५, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको पर्यटकीय नगरी सौराहाका व्यवसायीले घुमौँ सौराहा अभियानलाई निरन्तरता दिएका छन् । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि व्यवसायीले आजदेखि पश्चिम नेपाल केन्द्रित अभियानलाई निरन्तरता दिएका हुन् ।

    चार वर्षअघि पूर्वीनेपालबाट सुरु भएको अभियान केही समयका लागि स्थगित भएको थियो । हाल स्थानीय सरकारसँगको समन्वयमा निरन्तरता दिइएको क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकास पाण्डेले जानकारी दिनुभयो । उहाँले मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहासहित चितवनको पर्यटनलाई थप उचाइमा पु¥याउने उद्देश्यले अभियान सुरु गरिएको बताउनुभयो । स्थानीय सरकारको रूपमा रहेको रत्ननगर नगरपालिका, रत्ननगर पर्यटन प्रवर्द्धन समिति, क्षेत्रीय होटल सङ्घ चितवनसहित पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाको सहकार्यमा अभियानलाई निरन्तरता दिइएको उहाँको भनाइ छ ।

    “चितवन भित्रिने पर्यटकको सङ्ख्या दोब्बर बनाउने उद्देश्यका साथ दोस्रो पटक सुरु गरिएको अभियान लिएर पश्चिम नेपालको यात्रामा निस्किएका छौँ,” उहाँले भन्नुभयो, “अभियानले पर्यटन क्षेत्र थप चलायमान बन्नेछ ।” अभियानमा निस्किएका जनप्रतिनिधि, व्यवसायी तथा संरक्षणकर्मीको टोलीलाई रत्ननगर नगरपालिकाका उपमेयर यादवप्रसाद पाठक र प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले बिदाइ गर्नुभयो ।

    पश्चिम नेपालका तीन वटा प्रदेश अन्तर्गतका मुख्य सहरमा पुगेर सरकार प्रमुखसहित जनप्रतिनिधि, व्यवसायीसँग अन्तरक्रिया गरी सौराहा आउन पर्यटकलाई आह्वान गर्ने पाण्डेले जानकारी दिनुभयो ।

    व्यवसायीको टिम लम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका प्रमुख शहर तथा पर्यटकीय स्थलमा पुग्ने जनाइएको छ । लुम्बिनी प्रदेशको नेपालगञ्ज, भैरहवा र बर्दिया, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको महेन्द्रनगर र कन्चनपुरमा पर्यटन प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया तथा पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय गरिएको छ ।

    घुमौँ सौराहा, चितवनमार्फत पर्यटकको सङ्ख्या दोब्बर बनाउने लक्ष्य लिएको सङ्घका उपाध्यक्ष तथा घुमौँ सौराहाका संयोजक गुणराज थपलियाले बताउनुभयो । रत्ननगर पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष भेषराज दुवाडीले सौराहाको पर्यटनलाई ब्राण्डिङ् सुरु गरिएको जानकारी दिनुभयो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ३.
      बिचौलियाको मारमा किसान

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.