• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. बिचौलियाको मारमा किसान

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

अर्थतन्त्रमा कृषिको योगदान वृद्धि हुँदा उद्योग र सेवा क्षेत्रको घट्यो

  •   बिहिबार, जेठ १५, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ, जेठ १५ – मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा कृषि क्षेत्रको योगदान वृद्धि हुँदा उद्योग र सेवा क्षेत्रको योगदान घटेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संसद्मा पेस गर्नुभएको ‘आर्थिक सर्वेक्षण २०८१/८२’ अनुसार चालु आर्थिक वर्षमा जिडिपीमा कृषिको योगदान वृद्धि हुने देखिएको हो । “चालु आर्थिक वर्ष कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२.८३ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२.०१ प्रतिशत रहने अनुमान छ,” आर्थिक सर्वेक्षणमा भनिएको छ । गत आर्थिक वर्ष जिडिपीमा कृषि क्षेत्रको योगदान २४.७१, उद्योगको १२.९१ र सेवा क्षेत्रको ६२.३८ प्रतिशत थियो । कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको योगदान उच्च देखिन्छ ।

    कृषि, विद्युत् तथा ग्याँस, यातायात तथा भण्डारणलगायतका क्षेत्रमा भएको वृद्धिका कारण चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.६१ प्रतिशत रहने अनुमान गरिएको छ । गत आर्थिक वर्ष यस्तो वृद्धिदर ३ दशमलव ६७ प्रतिशत थियो । आर्थिक सर्वेक्षणअनुसार चालु आवमा नेपालको अर्थतन्त्रको आकार रु ६१ खर्ब सात अर्ब पुग्ने अनुमान छ । चालु आवमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी ५ दशमलव ५१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको सबैभन्दा कम ३ दशमलव ३२ प्रतिशत रहने अनुमान छ । त्यसैगरी कोशीको ३ दशमलव ३६, मधेशको ४ दशमलव ५०, बागमतीको ५ दशमलव १८, लुम्बिनीको ४ दशमलव ७० प्रतिशत र कर्णाली प्रदेशको ४ दशमलव ७४ प्रतिशत रहने अनुमान छ ।

    आर्थिक सर्वेक्षणअनुसार चालु आवमा कृषि क्षेत्रको उत्पादन ३।२८ र गैरकृषि क्षेत्रको उत्पादन ४।२८ प्रतिशतले बढ्ने अनुमान छ । गत आर्थिक वर्ष कृषि क्षेत्रको उत्पादन ३ दशमलव ३५ र गैरकृषि क्षेत्रको उत्पादन ३ दशमलव ३६ प्रतिशतले बढेको थियो । यस वर्ष धानको उत्पादन ४ दशमलव ०४ प्रतिशतले बढ्ने अनुमान छ । कुल गार्हस्थ्य उत्पादनमा कुल उपभोगको अंश उच्च रहेको छ । गत आर्थिक वर्ष कुल गार्हस्थ्य उत्पादनमा ९३ दशमलव ७८ प्रतिशत रहेको कुल उपभोग चालु आर्थिक वर्ष ९३ दशमलव ४५ प्रतिशत रहने अनुमान छ । गत आर्थिक वर्ष कुल गार्हस्थ्य बचत कुल गार्हस्थ्य उत्पादनको ६ दशमलव २२ प्रतिशत रहेकामा चालु आर्थिक वर्ष ६दशमलव५५ प्रतिशत पुग्ने अनुमान छ ।

    आर्थिक वर्ष २०८०/८१ मा कुल स्थिर लगानी ५।२ प्रतिशतले वृद्धि भएकामा चालु आवमा ५ दशमलव ८ प्रतिशतले बढेर रु १४ खर्ब ७० अर्ब १२ करोड पुग्ने अनुमान छ । कुल स्थिर लगानीमध्ये सार्वजनिक क्षेत्रको हिस्सा ३९ दशमलव १ प्रतिशत र निजी क्षेत्रको हिस्सा ६० दशमलव ९ प्रतिशत रहेको छ । चालु आवमा प्रतिव्यक्ति कुल राष्ट्रिय आय (प्रचलित मूल्यमा) ५.८ प्रतिशतले वृद्धि भइ रु दुई लाख छ हजार ४२४ पुग्ने अनुमान छ ।

    त्यस्तै आर्थिक वर्ष २०८०/८१ मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय एक हजार ४६७ अमेरिकी डलर रहेकामा चालु आर्थिक वर्षमा एक हजार ५१७ अमेरिकी डलर पुग्ने अनुमान छ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको कमी, छिमेकी मुलुकको मुद्रास्फीतिमा आएको कमीलगायतका कारण चालु आवको फागुनसम्म औसत उपभोक्ता मुद्रास्फीति ४.७२ प्रतिशतमा झरेको छ । गत आर्थिक वर्षको फागुनसम्म यस्तो मुद्रास्फीति ६ दशमलव ०८ प्रतिशत थियो ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      बिचौलियाको मारमा किसान

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.