• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

  •   बिहिबार, जेठ २९, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा  उपस्थित भक्तजनलाई उद्घोषकले मन्त्र मुग्ध बनाउने गरेको छ । जति पनि भक्तजन कोटिहोम दर्शन गर्न आउँछन् सबैले खुलेरै तारिफ गर्ने दुई नाम छ कोष भारद्वाज र दीप काफ्ले ।

    हुन पनि यी दुई भाइको कार्यक्रम सञ्चालन गर्ने क्षमता अद्भुत छ जसका कारण भक्तजन आनन्दित हुने गरेका छन् । उनीहरू कार्यक्रम उद्घोषणसँगै कोटिहोममा आउने सबै उमेर समूहका भक्तजनसँग घुलमिल हुने क्षमता पनि उत्तिकै छ र त भक्तजनको अपार माया पाएका छन् ।

    कोटिहोममा यी दुई भाइले लगातार कार्यक्रम उद्घोषण गरिरहेका छन् । बिहानको समयमा दीप काफ्ले र मध्यान्हको समय पछि कोष भारद्वाज । लगातार कार्यक्रम उद्घोषण गर्दै गर्दा पनि उनीहरूको स्वरमा कुनै समस्या छैन । उनीहरूको कोकिल स्वर जब कोटिहोममा गुञ्जायमान  हुन थाल्छ तब पोखरा जारी कोटिहोमले थप रौनकता पाउँछ । कोटिहोम दर्शन गर्न आउने भक्तजन दुई जनाको उद्घोषण गर्ने शैलीको खुलेर तारिफ गर्ने गरेका छन् ।

    सल्यान जिल्लाको साबिक काल्चे गाविस हात्तिदमारमा जन्म भई हाल बाँके जिल्लाको कोहलपुर नगरपालिका वाड न १३ मा स्थायी बसोबास गरी उद्घोषण कलालाई जीवनको मेरुदण्ड  बनाइएका सु–प्रसिद्ध उद्घोषक कोष भारद्वाज अध्यात्म क्षेत्रको एक सशक्त र कर्मनिष्ठ नामको रूपमा आफूलाई परिचित गराएका छन् ।

    २०६८ सालबाट रेडियो कोहलपुर एफ.एमबाट उद्घोषण सुरु गरेका भारद्वाज विभिन्न अद्यौगिक व्यापार मेला, धार्मिक तथा शैक्षिक महोत्सवमा कार्यक्रम सञ्चालन गरी आफूलाई अब्बल बनाएका छन् । उनको जादुमय वाक्पटुताले सबैको मन छोएको छ ।

    भारद्वाजले वैदिक सनातन धर्म जागरणमा महत्त्वपूर्ण योगदान पुर¥याउदै आएका छन् । उनको वाक्पटुताले योगदानको कदर गर्दे धेरै धार्मिक तथा अन्य संघ संस्थाबाट सम्मान पाइसकेका छन् । उनै हँसिलो स्वभावका भारद्वाज पोखरामा जारी कोटिहोमको मञ्चमा उभिएर जब कोकिल स्वरमा सबैलाई जय जयकारका वाणी प्रस्तुत गर्छन् सहभागी भक्तजनहरूबाट दुई हात माथि उचाली उनकै पछि जोडले जय जयकारको गुञ्जायमान छुट्छ । नेपालमा नै भारद्वाजका जसरी उद्घोषण गर्ने व्यक्ति कमै जन्मने भक्तजनले बताउने गरेका छन् । उनै भारद्वाजको बिहिवार(आज) जन्म दिन पनि रहेको छ । उनलाई महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले माला लगाई जन्मदिनको शुभकामना दिएका थिए ।

    यस्तै नवलपुरको कावासोती नगरपालिका –६ मा धार्मिक सामाजिक परिवेशमा जन्मे हुर्केका दीप काफ्लेको साङ्गीतिक यात्रा भजनबाट नै प्रारम्भ भएको हो । गाउँ घरमा भजन गाउने र अभिनय गर्ने विभिन्न प्रतियोगितामा सहभागी भएर धेरै ठाउँमा विजेता समेत भए । बिस्तारै भजनमा हिंड्न् थाले  जसले गर्दा अखण्ड भजन लोक चुड्का गाउँदै उनले आफूलाई सशक्त बनाउँदै लगे । यसैको फलस्वरूप उनी अहिले सफल उद्घोषकको उपमा पाएका छन् । 

    आफूलाई साङ्गीतिक क्षेत्रमा पनि अगाडि बढाइरहेका उनी गाउँको दुर्गा मन्दिरमा हरेक वर्ष हुने  भागवतमा होस् वा दसैँको बेला हुने देखाइने देवी लीलाका झाँकीमा सहभागिता रहन्छ ।  गाउँमा बुढा पाकाले भजन गाउने अनि झाँकी लीला देखाउने कार्यमा पनि दीप सरिक हुन्छन् जसका कारण उनी सबैको लोकप्रिय बन्दै गएका छन् । 

    ठूलठूला धार्मिक महोत्सवमा भागवत, धनधान्यान्चलमा गायन अभिनय, कार्यक्रम सञ्चालन गर्दै देशका धेरै जिल्लासँग प्रत्यक्ष साक्षात्कार गर्ने उनले अवसर पाएका छन् । उनी हार्मोनियम, मादल, खैजेडी, मजुरा जस्ता बाध्य बाजन बजाउन माहिर छन् ।

    भजन गाउँदा गाउँदै उनको रुचि मोडलिङतर्फ मोडियो र उनै दीपले एक दर्जन जति म्युजिक भिडियो समेत गरेका छन् । अग्लो उचाइ, मुहारमा झ्वाम्म दारीमा देखिने दीप शालीनता र आफ्नो मुस्कानसहितको प्रस्तुतिमा जब पोखरको कोटिहोममा आधे आधे होइन के आम राधे राधे भन्दै गर्दा कोटिहममा सहभागी भक्तजन जोडले भन्छन् राधे राधे । कलाकारितासँगै विभिन्न सामाजिक कार्यमा समेत सहभागी हुने गरेका दीप धेरै ठाउँमा सम्मान पाइसकेका छन्।

    महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले पनि यी दुई भाइलाई खुलेरै तारिफ गर्ने गरेका छन् । ‘उहाँहरूको उद्घोषण कलाको हामीले जति नै तारिफ गरे नि कमी हुन्छ’ महाराज भन्छन्, ‘कोटिहोमलाई उद्घोषणको कला मार्फत सफल बनाउनका लागि उहाँहरूको योगदान अतुलनीय छ ।’ दुई महिना लामो उद्घोषणको जिम्मा लिएका यी दुई भाइको चर्चा यति वेला जता ततै चलेको छ ।

    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.