• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

चितवनमा कालिकाको बेरुजु सबैभन्दा कम, अन्यको कति ?

  •   बुधबार, असार ०४, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनका ७ वटा पालिकामध्ये सबैभन्दा कम बेरुजु कालिका नगरपालिकाको रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको स्थानीय तहहरुको आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदनमा जिल्लाका ७ पालिकामा सबैभन्दा कम अद्यावधिक बेरुजु कालिकाको देखिएको हो ।

    सो नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ सम्मको कुल बेरुजु ५ करोड ६६ लाख ७९ हजार ३१७ रुपैयाँ रहेको छ । नगरपालिकाको गत आर्थिक वर्ष १ अर्ब ७७ करोड ८६ लाखको लेखापरीक्षण गर्दा ०.८३ प्रतिशत बेरुजु देखिएको हो ।

    नगरपालिकाको गत वर्षको बेरुजु १ करोड ४६ लाख ६९ हजार ६५९ देखिएको छ । अघिल्लो वर्ष सो पालिकाले १३ लाख ३४ हजार ३४२ रुपैयाँ बेरुजु फर्स्यौट गरेको प्रतिवेदनमा उल्लेख छ ।

    कालिकाको आर्थिक वर्ष २०७९/८० मा एक करोड ३४ लाख फर्स्यौट भएको थियो । आर्थिक वर्ष २०७४/०७५ नगरपालिका स्थापना हुँदा बेरुजु १० करोड २८ लाख रुपैयाँ रहेको बेरुजुलाई घटाउने काम तीव्र पारिएको नगरप्रमुख विनोद रेग्मीले बताए ।

    आर्थिक वर्ष २०७७/०७८ मा कालिकाको बेरुजु १६ करोड १२ लाख ९१ हजार रुपैयाँ थियो । आव २०७८/०७९ मा एकै वर्ष बेरुजु १० करोड ८३ लाख ५८ हजार रुपैयाँ फर्स्यौट गरिएको थियो ।

    नगरप्रमुख रेग्मीले नगरपालिकाकाले आगामी दिनमा हरेक आर्थिक वर्षको बेरुजुलाई शून्य बनाउने र बाँकी बेरुजुलाई घटाउँदै लैजाने नीति अनुरुप काम गरिएको बताए ।नगरपालिकाका वरिष्ठ लेखा अधिकृत ऋषिप्रसाद कडुवालले बेरुजुलाई घटाउन प्राथमिकताका साथ नीति कानुनहरुको परिपालना गरेर अगाडि बढेको बताए ।

    जिल्लाको एक मात्रै महानगरपालिका भरतपुरको एक अर्ब ३ करोड ५३ लाख ८ हजार बेरुजु रहेको छ । महानगरको अघिल्लो वर्ष ०.०१ प्रतिशत बेरुजु रहेको भए पनि गत आर्थिक वर्षमा भने ०.९ प्रतिशत बेरुजु रहेको देखिएको थियो । आर्थिक वर्ष २०७९/८० मा जम्मा ५ लाख १५ हजार रुपैयाँमात्रै महानगरको बेरुजु थपिएको थियो ।

    ९३ करोड ५० लाख आर्थिक वर्ष आर्थिक वर्ष २०७९/०८० सम्मको बेरुजु हो । गत आर्थिक वर्ष मात्रै बेरुजु १० करोड २ लाख ७९ हजार ४४२ बेरुजु थपिएको छ । महानगरको गत वर्ष २०८०/०८१ मा एक रुपैयाँ पनि बेरुजु फर्स्यौट भएको देखिएको छैन ।

    रत्ननगरले घटायो एकै वर्ष ६ करोड ६४ लाख बेरुजु

    जिल्लाको रत्ननगर नगरपालिकाले गत आर्थिक वर्ष २०८०/०८१ मा ६ करोड ६४ लाख बेरुजु फर्स्यौट गर्न सफल भएको छ ।

    नगरपालिकाको गत आर्थिक वर्ष २ अर्ब ९४ करोडको लेखा परीक्षण गर्दा ०.१७ प्रतिशत अर्थात ४८ लाख ५६ हजार बेरुजु देखिएको थियो । आर्थिक वर्ष २०७९/०८० सम्म १६ करोड १८ लाख बेरुजु रहेको रत्ननगरमा गत बर्ष थपिएकोसहित अब १० करोड २ लाख मात्रै बेरुजु बाँकी छ ।

    राप्तीमा थपियो झन्डै दोब्बर बेरुजु

    जिल्लाको सबैभन्दा भद्रगोल नगरपालिकाका रुपमा रहेको पूर्वी चितवनको राप्ती नगरपालिकामा गत वर्ष मात्रै १६ करोड करोड ७३ लाख ७७ हजार ८०८ रुपैयाँ बेरुजु थपिएको छ ।

    २०७९/०८० सम्म १९ करोड ९४ लाख बेरुजु रहेको राप्तीमा आर्थिक वर्ष २०८०/०८१ मा मात्रै १६ करोड ७३ लाख ७७ हजार बेरुजु थपिएर ३६ करोड ३ लाख ७१ हजार पुगेको ।

    गत वर्ष सो पालिकाले एक रुपैयाँ पनि बेरुजु फर्स्यौट गरेको छैन । २ अर्ब ९ करोड ७७ लाख ५६ हजारको लेखा परीक्षण गर्दा ७.९८ प्रतिशत बेरुजु गत वर्ष सो पालिकाको देखिएको थियो ।

    खैरहनी, माडी र इच्छाकामना १० करोड माथि बेरुजु

    चितवनको खैरहनी नगरपालिकाको अद्यावधिक बेरुजु १२ करोड ८५ लाख ३ हजार ३२१ रुपैयाँ छ । यो नगरपालिकामा गत वर्षको मात्रै बेरुजु १ करोड १६ लाख ६० हजार ७६४ बेरुजु थपिएको छ ।

    गत आर्थिक वर्षमा १६ लाख ५० हजार मात्रै बेरुजु फर्स्यौट गरेको पालिकामा आ.ब. २०७९/०८० सम्म ११ करोड ९४ लाख ९२ हजार बेरुजु रहेको थियो ।

    माडी नगरपालिकामा गत आर्थिक वर्षमा २ करोड १४ लाख ५८ हजार ९८६ रुपैयाँ बेरुजु थपिएर कुल बेरुजु ४८ करोड १४ लाख ७३ हजार ९८६ रुपैयाँ छ । सो पालिकाले गत वर्ष एक रुपैयाँ पनि बेरुजु फर्स्यौट गर्न सकेन ।

    इच्छाकामना गाउँपालिकाको अद्यावधिक बेरुजु ११ करोड भन्दा माथि रहेको छ । आर्थिक वर्ष २०७९/८० सम्म १० करोड ८० लाख ६४ हजार बेरुज रहेको पालिकामा गत आर्थिक वर्ष २०८०/०८१ करोड ३१ लाख १२ हजार रुपैयाँ बेरुजु थपिएको छ । सो पालिकाले अघिल्लो आर्थिक वर्ष र गत आर्थिक वर्षमा बेरुजु फर्स्यौट गरेको छैन ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.