काठमाडौं । गत चैत १५ मा तीनकुनेमा राजावादीको आन्दोलनका क्रममा मारिएका पत्रकार सुरेस रजकको परिवारलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३ लाख रुपैया सहयोग गरेको छ । आफ्नो तेस्रो स्थापना दिवसको दिन रास्वपाले मानवीय सहयोग भनेर रकम उपलब्ध गराएको हो ।
साथै आगामी दिनमा पत्रकारको सुरक्षा प्रति राज्य संयन्त्र, राजनीतिक दल र आन्दोलनकारी जिम्मेवार रहन माग गरिएको छ ।
चेक हस्तान्तरण गर्न रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी, कोषाध्यक्ष लिमा अधिकारी र कोष ब्यबस्थापन बिभागका सदस्य जगदीश खरेल स्वर्गीय पत्रकार सुरेस रजकको घर पुगेका थिए ।








