• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. बिचौलियाको मारमा किसान

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

उदीयमान सहरको विकास, व्यवस्थापन र सेवा प्रवाहमा मन्त्रालय लागेको छ ।

  •   मङ्गलबार, असार १०, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ ।  उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहरी विकासका लागि आधारभूत पूर्वाधार तथा सेवा विस्तारसहितको व्यवस्थापन नै मन्त्रालयको प्रमुख काम भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत सहरी विकास मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलको क्रममा सांसदहरुले राख्नुभएको जिज्ञासाको जवाफ दिँदै उहाँले सहरहरुलाई सुरक्षित, स्वच्छ र दिगोपन दिन बस्ती विकास नीति, फोहोरमैला व्यवस्थापन विधेयक, सहरी विकास विधेयक, बागमती सभ्यता विधेयक तर्जुमालगायतका काम गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले यस मन्त्रालयको नेतृत्व लिएपछि नीतिगत सुधारका कार्यहरुमा निरन्तर ध्यान दिँदै आएको छु, यस सन्दर्भमा मन्त्रालय स्थापना भएको लामो समयसम्म पनि सहरी विकास नीति नभएको अवस्थामा मेरो नेतृत्वमा सहरी विकास नीति, २०८१ गत मङ्सिरमा स्वीकृत भई कार्यान्वयनमा छ ।”

    मन्त्री सिंहले आवास, भवन निर्माण, सहरी विकास र स्थानीय पूर्वाधारसम्बन्धी कार्यक्षेत्र रहेको मन्त्रालयले आगामी आव २०८२÷८३ मा सङ्घबाट कार्यान्वयन हुने कार्यक्रममा रु ९१ अर्ब ३४ करोड १७ लाख, प्रदेशबाट कार्यान्वयन हुने कार्यक्रमा रु नौ अर्ब ८९ करोड ६२ लाख, स्थानीय तहबाट कार्यान्वयन हुने कार्यक्रमका लागि रु १५ अर्ब ९१ करोड र वित्तीय व्यवस्थापनतर्फ रु एक अर्ब १९ करोड ६५ लाख वजेट विनियोजन गरिएको पनि बताउनुभयो । “सहर सुविधा र अवसरको केन्द्र हो, सभ्यताको विकास र संस्थागत गर्न सहरले महत्वपूर्ण भूमिका खेल्दै आएको इतिहास छ, बढ्दो जनसङ्ख्या र मानवीय सेवासुविधाको मागसँगै व्यवस्थित सहरीकरणको आवश्यकता बढ्दै जान्छ”, उहाँले भन्नुभयो । योजनाबद्ध विकासको सुरुआतदेखि नै बस्ती घनत्व बढ्ने क्रम सुरु भए पनि लामो अवधिसम्म सहरी विकासलाई नेतृत्व गर्ने छुटै संस्थागत संरचना नभएको उहाँको भनाइ थियो ।

    मन्त्री सिंहले गरिबीको रेखामुनि रहेका, पराल वा खरको छाना भएका घरपरिवारलाई जस्तापाताको छानामुनि ल्याउने गरी सुरु गरिएको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत आगामी आवमा रु ३५ करोड विनियोजन गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जनता आवास कार्यक्रमअन्तर्गत हालसम्म सम्पन्न गर्न बाँकी आठ हजार ३५० घरधुरीको सिर्जित दायित्व भुक्तानी गर्न प्रदेश सरकारबाट कार्यान्वयन हुनेगरी सो कार्यक्रमलाई निरन्तरता दिन रु ४० करोड बजेट विनियोजन गरिएको छ ।” उपप्रधानमन्त्री सिंहले नवलपुर सदरमुकाममा सङ्घीय सरकारी कार्यालय भवन एवं अन्य पूर्वाधार निर्माण, अन्य जिल्लामा सङ्घीय सरकारी भवन निर्माण तथा २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त श्रीमहल भवन, राष्ट्रिय किताबखाना र मानव अधिकार आयोगको भवन पुनःनिर्माणका लागि आवश्यक बजेट विनियोजन गरिएको पनि बताउनुभयो ।

    त्यसैगरी, स्थानीय तह प्रशासकीय भवन पूर्वाधार विकास कार्यक्रम, स्थानीयस्तरका सडकपुल तथा सामुदायिक पहुँच सुधार परियोजना, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम, कर्णाली समृद्धि कार्यक्रम र तराई मधेश सडक पूर्वाधार विकास कार्यक्रमलाई समेत निरन्तरता दिइएको छ । हालसम्म सङ्घ, प्रदेश र स्थानीय तहबाट ११ हजारभन्दा बढी झोलुङ्गे पुल निर्माण भइसकेको उल्लेख गर्दै उहाँले आगामी आवमा २०० वटा झोलुङ्गे पुल निर्माणका लागि बजेट विनियोजन गरिएको बताउनुभयो । उहाँका अनुसार स्थानीय तह प्रशासकीय भवन निर्माणतर्फ सम्बन्धित स्थानीय तहको लागत साझेदारीमा हालसम्म १९४ वटा प्रशासकीय भवन सम्पन्न भएका छन्भने १२९ वटा निर्माणाधीन अवस्थामा छन् । सांसद डा अमरेशकुमार सिंहले विनियोजन रकमको अधिकांश बजेट मुख्य केही जिल्लामा मात्र विनियोजित देखिएको भन्ने सन्दर्भमा उपप्रधानमन्त्री सिंहले १६औँ आवधिक योजनाको रुपान्तरणकारी रणनीतिले प्रमुख सहरी केन्द्रहरु र प्रादेशिक राजधानीहरुलाई मौलिक पहिचानसहित आर्थिक केन्द्रका रुपमा विकास गर्ने लक्ष्य लिएकाले सोही अनुरुप सहरी केन्द्रहरुमा प्राथमिकता दिई कार्यक्रम प्रस्ताव गरिएको प्रस्ट पार्नुभयो ।

    “मन्त्रालयअन्तर्गतका महत्वपूर्ण निकायहरु जस्तै अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ उपत्यका विकास प्राधिकरण, सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय, विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयबाट सञ्चालन हुने कार्यक्रमहरु काठमाडौँ उपत्यका केन्द्रित रहेकाले काठमाडौँ उपत्यकामा अन्य क्षेत्रभन्दा केही बजेट बढी देखिन गएको अवगत गराउन चाहन्छु”, उहाँले भन्नुभयो । एसियाली विकास बैङ्कको सहयोगमा सहरी उत्थानशीलता तथा जीविकोपार्जन सुधार कार्यक्रमअन्तर्गत देशका मुख्य पर्यटकीय सहरहरु पोखरा, जनकपुर र लुम्बिनीका नगरपालिका, लुम्बिनी सांस्कृतिक, देवदह, सैनामैना, तिलोत्तमा, रामग्राम र सिद्धार्थनगरमा एकीकृत सहरी पूर्वाधार निर्माण गरी विपद् उत्थानशील र बस्नयोग्य सहरका रुपमा विकास गर्न उक्त आयोजनामा रु दुई अर्ब ८३ करोड २६ लाख बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।

    त्यसैगरी, विश्व बैङ्कको सहयोगमा १७ वटा नगरपालिकाहरुमा सहरी विकास अनुदान र २१ वटा नगरपालिकाहरुको संस्थागत सुदृढीकरण गर्न सहरी शासकीय क्षमता विकास कार्यक्रमअन्तर्गत रु पाँच अर्ब बजेट विनियोजन गरिएको उहाँको भनाइ छ । रासस

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      बिचौलियाको मारमा किसान

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.