• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

“सिरीस र प्रियंका पन्तको संयुक्त भ्रमण: अमेरिकामा चितवनको संस्कृति, व्यापार र सम्बन्ध विस्तार”

  •   बिहिबार, असार १२, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष तथा युवा व्यवसायी सिरीस पन्त यतिखेर संयुक्त राज्य अमेरिकाको भ्रमणमा छन्। भ्रमणका क्रममा उनले चितवन र नेपालको पर्यटन, व्यापार, शिक्षा तथा सांस्कृतिक सम्भावनाहरूलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने उद्देश्यसहित एकपछि अर्को उल्लेखनीय कूटनीतिक भेटघाट तथा सहकार्यको पहल गरिरहेका छन्। पन्तको भ्रमणमा उनकी धर्मपत्नी श्रीमती प्रियंका घिमिरे पन्त समेत साथ रहेकी छन्। दम्पतीले संयुक्त रूपमा अमेरिका भ्रमणलाई चितवनको परिचय विस्तारको अवसरका रूपमा उपयोग गर्दै बहुपक्षीय संवाद र सहकार्यको ढोका खोलिरहेका छन्।

    हालै उनीहरू न्यूयोर्क राज्यको कोर्निङ सहर पुगेका थिए, जहाँ सिरीस पन्तले कोर्निङ सिटीका मेयर विलियम ‘बिल’ बोल्यान्डसँग उच्चस्तरीय भेटघाट गरेका छन्। भेटमा भरतपुर महानगरपालिका र कोर्निङ सहरबीच प्रतिनिधिमण्डल आदानप्रदान तथा ‘भगिनी सम्बन्ध’ स्थापना गर्ने प्रस्ताव राखिएको थियो। यसले दीर्घकालीन सांस्कृतिक, शैक्षिक र व्यापारिक सहकार्यको सम्भावनालाई टेवा पुर्‍याउने विश्वास गरिएको छ। भेटका क्रममा पन्तले भरतपुर महानगर प्रमुख रेनु दाहालद्वारा पठाइएको शुभकामना सन्देश हस्तान्तरण गरे भने चितवन उद्योग वाणिज्य संघले प्रकाशित “चितवन पर्यटन पुस्तिका” मेयरलाई प्रदान गरे। त्यस अवसरमा धर्मपत्नी प्रियंका पन्त पनि उपस्थित थिइन्। दम्पतीले संयुक्त रूपमा नेपाली संस्कृतिको प्रतीक ढाका टोपी लगाएर मेयर बोल्यान्डलाई विशेष सम्मान व्यक्त गरे। मेयर बोल्यान्डले कोर्निङ सहरको लोगो अङ्कित चिनारी सामग्री प्रदान गर्दै भरतपुरसँग सम्बन्ध प्रगाढ बनाउन आफू उत्साहित रहेको जानकारी दिए।

    उनका अनुसार, कोर्निङ सहरले यसअघि जापान, इटली र युक्रेनका सहरहरूसँग भगिनी सम्बन्ध कायम गरिसकेको छ र अब चौथो शहरको रूपमा भरतपुरसँग औपचारिक सम्बन्ध स्थापान गर्ने चाहना राखेको बताए। यसअघि पन्तले न्यूयोर्कमा स्थापना कालदेखि सक्रिय दुई ऐतिहासिक वाणिज्य संघका अध्यक्षहरूसँग पनि भेटघाट गरी सस्थागत सहकार्यको सम्भावनाबारे छलफल गरिसकेका छन्। साथै, उनले अन्तर्राष्ट्रिय सामाजिक संस्था रोटरी क्लब अफ सेरे (Athens Rotary Club) सँग चितवनको रोटरी क्लबबीच सहकार्य विस्तार गर्न समेत पहल गरेका छन्।

    उनीहरूको भ्रमणमा अमेरिका निवासी पन्तका नातेदार तथा पाचन र कलेजो रोग विशेषज्ञ डा. सुभाष घिमिरेले कार्यक्रम समन्वय तथा सञ्जाल विस्तारमा विशेष सहयोग पुर्‍याएका छन्। सिरीस पन्त र प्रियंका घिमिरे पन्तको संयुक्त पहलले चितवनको अन्तर्राष्ट्रिय पहिचानलाई सुदृढ बनाउनुका साथै भरतपुर महानगर र कोर्निङ सहरबीचको सम्बन्धको नयाँ सम्भावनाको ढोका खोलेको छ। यो भ्रमण नेपाली व्यवसाय, संस्कृति र कूटनीतिक पहलको उदाहरणीय मिसालका रूपमा चिनिएको छ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.