• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

डिभिजन वनद्वारा एक लाखभन्दा बढी बिरुवा वितरण सुरु

  •   बिहिबार, असार १२, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । डिभिजन वन कार्यालय नवलपुरले आजदेखि विभिन्न प्रजातिका बिरुवा वितरण सुरु गरेको छ । डिभिजन वन कार्यालय नवलपुरको कावासोतीस्थित नर्सरीमा निःशुल्क वितरण सुरु गरेको हो । डिभिजन वन कार्यालय नवलपुरले वार्षिक स्वीकृत कार्यक्रमअनुसार उत्पादन गरेको बिरुवा वितरण सुरु गरेको कार्यालयका सूचना अधिकारी वन अधिकृत शिशिर लम्सालले जानकारी दिए। “जिल्ला वन पैदावार आपूर्ति समिति, गण्डकी प्रदेश सरकारको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत, जडीबुटी विकास कार्यक्रम र बहुवर्षीय बिरुवा उत्पादन गरी चार वटा कार्यक्रमअन्तर्गत बिरुवा उत्पादन गरेका छौँ”, उनले भने, “यस वर्ष एक लाख १५ हजार बिरुवा उत्पादन गरेका छौँ र गत वर्षको बहुवर्षीय उत्पादनबाट १० हजार बिरुवा मौज्दात थियो ।”

    गत वर्ष र यस वर्षगरी वनको नर्सरीमा एक लाख २५ हजार बिरुवा भए पनि यस वर्ष बहुवर्षीय बिरुवा उत्पादन कार्यक्रमका १० हजार बिरुवा आगामी वर्षमात्रै वितरण गरिने लम्सालको भनाइ छ । “यस जिल्लामा वन क्षेत्र ६० प्रतिशत हाराहारीमा रहेका कारण वन क्षेत्रमा वृक्षारोपण गर्नुपर्ने अवस्था छैन”, उनले भने, “जिल्लामा सौन्दर्य प्रदान गर्ने बिरुवा र डालेघाँसको बिरुवाको बढी माग हुने भएकाले हामीले सोहीअनुसार बिरुवा उत्पादन र निःशुल्क वितरण सुरु गरेका छौँ ।” वनको नर्सरीमा विशेषगरी कपुर, गुलमोहर, वीरेन्द्र फूल, म्याङ्गोस्टिक, धुपी जस्ता सौन्दर्य प्रदान गर्ने बिरुवासहित टिमुर, कुरिलो, हर्रोबर्रो, चिउरी, अमलासहितका औषधीय बिरुवा उत्पादन गरिएको लम्सालको भनाइ छ ।

    कार्यालयले आफ्नो नर्सरीमा विभिन्न ३२ प्रकारको बिरुवा उत्पादन गरेको उल्लेख गर्दै लम्सालले व्यक्तिगत, वन समूह, शैक्षिक संस्था, पार्क र अन्य संस्थालाई मापदण्ड बनाएर बिरुवा वितरण सुरु गरिएको बताए । कार्यालयले तोकेकोभन्दा बढी बिरुवा लैजान फाराम भर्ने सेवाग्राहीले भने बिरुवा लगाउने क्षेत्रफल र वडा कार्यालयको सिफारिस लिएर आउनुपर्ने लम्सालको भनाइ छ । कार्यालयबाट लगिएको बिरुवा वृक्षारोपण गरी हुर्काइएको वा नहुर्काइएकोबारे अनुगमन गरिनेसमेत उनले बताए । आजदेखि सुरु भएको बिरुवा वितरण एक महिनासम्म जारी रहनेछ ।

    डिभिजन वन कार्यालयले विगतका वर्षमा आँप, लिची तथा कागतीलगायत फलफूलका बिरुवासमेत वितरण गर्ने गरेकामा यस वर्ष भने बजेट नपर्दा फलफूलको बिरुवा वितरण गर्न नसकिएको उनले बताए । अहिले वनको आफ्नै नर्सरीमा उत्पादन भएका अमला, तेजपात, किम्बु, धुपी, कपुर, वीरेन्द्र फूल, कल्की फूल, रुख कटहर, बेल, टिमुर, कुरिलो, हर्रो, बर्रो, चिउरी, पारिजात, निमारो, बाँस, पीपल, सितचिनी, रक्तचन्दन, सिन्दुर, निम, टिक, अम्बा, बडहर, लप्सी, घिउकुमारी, मेन्डोला, भटमासे, श्रीखण्ड, टाँकी, गोल्ड मोहर र म्याङ्गोस्टिन प्रजातिका बिरुवा वितरण सुरु गरिएको लम्सालले बताए ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.