• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

चितवन कारागारका मुढाले बजार नपाएपछि उत्पादन बन्द

  •   बिहिबार, असार १२, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। कारागार कार्यालय चितवनमा तयार गरिएका मुढाले बजार नपाएपछि उत्पादन बन्द गरिएको छ । यहाँ दैनिक रुपमा उत्पादन हुँदै आएको मुढा बजारमा बिक्री नहुँदा उत्पादन बन्द गरिएको हो ।

    विगत लामो समयदेखि कैद सजाय भागिरहनुभएका पदमबहादुरले मुढा बुन्ने काम गर्दै आउनुभएका थियो । उहाँले अहिले मुढा बिक्री हुन छोडेपछि फुर्सदिलो बन्न् भएको हो । कैदीबन्दीका लागि जीवनयापनमा सहज बनाएको यस व्यवसाय बन्द भएपछि दिन काट्नसमेत कठिन हुने गरेको उहाँले बताउनुभयो ।

    काममा दैनिक ९० देखि १०० जनासम्म लाग्ने भए पनि विगत १५ दिनदेखि काम रोकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला उत्पादन भएको मुढा अहिलेसम्म बजारमा जान सकेको छैन । अरु उत्पादन गरेर के गर्ने रु” अहिले कारागारमा मागअनुसार मुढा बुन्ने काम गरिएको उहाँले जानकारी दिनुभयो ।

    यहाँ उत्पादित मुढा चितवनसहित, कास्की, रुपन्देही, काठमाडौँ, मकवानपुर, नवलपरासीलगायत जिल्लामा बिक्री हुने गरेकामा अहिले कममात्रामा बिक्री हुँदा निर्माण रोकिएको कारागार कार्यालयले जनाएको छ ।

    कारागारमा उत्पादित मुढालाई बजार व्यवस्थापनको काम गर्दै आउनुभएका प्रेमप्रसाद सुवेदीले गत माघदेखि बजार पाउन कठिन हुँदै आएको बताउनुभयो । अहिले गोदाममा एक हजार ५०० लोकल र स्पेशल ४०० बढी मुढा रहेका छन् । उहाँले भन्नुभयो, “पहिलापहिला एक महिनामा एक हजार ५०० हाराहारी मुढा बिक्री हुन्थ्यो । अहिले ४०० मुढा बिक्री हुन पनि कठिन छ ।” मुढाको बजार विस्तारसँगै सबै कारागारमा यस्ता उद्यम सञ्चालन हुँदा पनि बजार साँघुरिँदै गएको हुनसक्ने उहाँले बताउनुभयो ।

    कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाले यहाँ उत्पादित मुढाले बजार नपाउँदा कैदी वन्दीलाई दिन बिताउन कठिन हुने गरेको बताउनुभयो । दिनभरि काम गरेर बस्ने बानी परेकालाई दिन बिताउन मुस्किल हुने उहाँको भनाइ छ । यहाँका मुढाको बजारीकरणमा कारागार प्रशासनले ध्यान दिँदै आएको उहाँले बताउनुभयो । मुढा बुनेर घरखर्च चलाउँदै आएका कैदीबन्दीलाई समस्या हुने उहाँले उल्लेख गर्नुभयो ।

    कारागार कार्यालयमा चितवनमा अहिले ७१० जना कैदीबन्दी रहेका छन् । तीेमध्ये ४२ महिला, ६६८ पुरुष र तीन जना आश्रित बालालिका रहेका छन् । ३५ जना महिला कैदीबन्दी र ४७० जना पुरुष कैदीबन्दी राख्ने क्षमता रहेको यस कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहँदै आएका कारागार कार्यालयले जनाएको छ ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.