काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र कांग्रेस महामन्त्री गगन थापालाई टिकटकमार्फत गालीगलौज गरेको अभियोगमा पक्राउ परेकी रमा बस्नेत रिहा भएकी छन् । काठमाडौँ जिल्ला अदालतले ३० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
बुधवार जिल्ला सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दायर गरेपछि न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएको हो। खोटाङकी बस्नेत हाल भक्तपुरमा बसोबास गर्दै आएकी छन्। उनी असार १ गते पक्राउ परेकी थिइन्।








