काठमाडौं । हाल देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणालीको विकास भएको छैन । हाल देशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहेको छ। त्यस्तै देशका अन्य भू–भागको मौसम सामान्यता सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो देशका पहाडी भू–भागको मौसममा आंशिक बदली हुने सम्भावना रहेको छ । त्यस्तै देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । त्यसैगरी आज राती देशको सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना देखिएको छ । त्यस्तै बाँकी प्रदेशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहनेछ । देशका अन्य भू–भागको मौसम सामान्यता सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।








