चितवन । पुर्वी चितवनकाे रत्ननगर टांडी बजारमा निर्माणाधिन आकाशे पुलमा शंकास्पद वस्तु भेटिएकाे छ । पुलमा विप्लव समुहकाे ब्यानरसहित शंकास्पद वस्तु भेटिएकाे हाे । बिहान ७ बजे पुलकाे तल भागमा शंकास्पद वस्तु भेटिएकाे ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायब उपरिक्षक रविन कार्कीले जानकारी दिनुभयाे । पुलमा भेटिएकाेे वस्तु नेपाली सेनाकाे डिस्पाेजल टिम आएपछि मात्रै थाहा हुने प्रहरी नायब उपरिक्षक कार्कीले बताउनुभयाे । शंकास्पद वस्तु भेटिएपछि पुल वरपर आवतजावत बन्द गरिएकाे छ ।








