• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. बिचौलियाको मारमा किसान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

नारायणगढ-बुटवल सडक विस्तारः ७ वर्षमा ८० किलोमिटर दुईतर्फी कालोपत्र

  •   शुक्रबार, साउन ०२, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गतको नारायणगढ- बुटवल सडक खण्डको काम थालेको ठ्याक्कै ७ वर्ष पुग्यो । तर यसको निर्माण प्रगति जम्मा ६९ प्रतिशतमात्रै छ । १ सय १३ किलोमिटर सडकमध्ये अहिलेसम्म १ सय किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । जसमा दुईतर्फी कालोपत्र भने ८० किलोमिटर मात्रै भएको छ । समयमै काम नसकिँदा यो सडक भएर यात्रा गर्ने हजारौ यात्रुहरु हरेक दिन सास्ती र हैरानी बेहोर्न बाध्य छन् । यो सडकलाई दुई खण्डमा बाढेर ठेक्का गरिएको छ ।

    दुवै खण्डको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएको थियो । १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँमा ठेक्का पाएको कम्पनीले कहिलेसम्म काम सक्ने हो सडक विभागकै अधिकारीहरु स्पष्ट भन्न सक्दैनन् । पहिलो पटक २०७५ चैतमा ठेक्का सम्झौता भएअनुसार यसको काम ०७९ साउनभित्र सकिसक्नुपर्ने हो । तर, कोभिड–१९ र निर्माण सामग्री अभावको कारण देखाएर पहिलो पटक ०८० साउन ११ गतेसम्मका लागि म्याद थप भएको थियो । तर, उक्त समयभित्र पनि काम नसकिएपछि दोस्रो पटक ०८१ साउन ८ सम्म म्याद थप गरियो, काम सकिएन । पटक–पटक म्याद थपिरहँदा पनि कामले गति लिन सकेन । कामै नसक्ने ठेकेदारलाई सरकारले पटकपटक म्याद थप्ने काम भने गरिरह्यो ।

    तेस्रो पटक ०८२ साउन ८ सम्मका लागि यसको म्याद थपिए पनि समयमै यसको काम सकिनेमा शंकै छ । यो वर्ष दाउन्ने खन्ड हिलाम्मे हुने र विनयी खोला पुल भाँचिनाले यात्रुहरुले महिनौंसम्म सास्ती खेपे । अहिले पनि ठूलो वर्षा हुनेबित्तिकै कि त यहाँ लामो जाम हुन्छ कि त सडक नै पुरै अवरुद्ध हुन्छ । विनयी खोलामा पुल बने पनि दाउन्ने खन्डको समस्या अझै उस्तै छ । आयोजना निर्देशनालय (एडीबी)का आयोजना निर्देशक चुँडाराज ढकालका अनुसार अहिले सबैभन्दा बढी समस्या दाउन्ने खण्डमा छ ।

    दाउन्नेमा विश्वकर्मा मन्दिरबाट दुम्किवासतर्फ कल्भर्ट बनाउन गहिरो खाडल खन्दा समस्या भएको उनले बताए । उनले बर्दघाट नजिकै पनि पहिरो खसेर बेला बेलामा समस्या हुने गरेको बताए । सडक विभागका अनुसार वर्षाका बेला कालोपत्रको काम नहुने भएकाले समस्याग्रस्त दाउन्नेको दशैभित्र सकिनेछ भने पूरै आयोजनाको काम सकिन अझै एक वर्ष लाग्नेछ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.