• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

वाशिङ्टनमा मेयर रेग्मीको उपस्थितिमा ‘नेपालमा स्थानीय सरकार र विकासको मोडल’ विषयक गोष्ठी

  •   शनिबार, साउन ०३, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    वाशिङ्टन । नेपालमा स्थानीय सरकार र विकासको मोडलबारे अन्तरक्रिया तथा गोष्ठी कार्यक्रम अमेरिकाको वाशिङ्टन डीसी नजिकैको फेयरफ्याक्स शहरमा सम्पन्न गरिएको छ।

    गोष्ठीमा कालिका नगरपालिकाका मेयर विनोद रेग्मी प्रमुख अतिथि रहेका थिए। कार्यक्रमले प्रवासी नेपाली समुदायमा नेपालमा भइरहेको स्थानीय विकासप्रति चासो र सहकार्यको वातावरण निर्माण गरेको मेयर रेग्मीले जानकारी दिए।

    कार्यक्रममा ‘स्मार्ट ठेगाना प्रणाली’ विकासको लागी कालिका नगरपालिकामा हालै सुरू गरिएको योजनाको प्रस्तुतीकरण गरिएको थियो। नेपालमा पहिलोपटक अमेरिकाको राजधानी वाशिङ्टन डीसीको जस्तै सडक नामकरण र घर नम्बर प्रणाली चितवनको कालिका नगरपालिकाको पदमपुर क्षेत्रबाट सुरु गरिएको उल्लेख गर्दै, सो योजनाबारे अमेरिका निवासी आईटी तथा साइबर सेक्युरिटी विज्ञ डा. रामहरी सुवेदीले विस्तृत कार्यपत्र प्रस्तुत गरेका थिए। सो अवसरमा उनले हालसम्मको प्रगति र आगामी योजनाका बारेमा सहभागीहरुलाई जानकारी गराए।

    सो अवसरमा प्राध्यापक डा. विष्णु घिमिरेले २१औँ शताब्दीको स्थानीय विकास प्रविधिमैत्री हुनुपर्नेमा जोड दिँदै, शहरमुखी नगरपालिकाहरुले प्रविधिको अधिकतम प्रयोग गरी आफूलाई नमुना नगरको रूपमा स्थापित गर्न सक्ने धारणा व्यक्त गरे।

    कार्यक्रमका प्रमुख वक्ता मेयर विनोद रेग्मीले कालिका नगरपालिकामा हाल सुरु गरिएको स्मार्ट ठेगाना प्रणाली केवल एक योजना नभएर भविष्यको परिकल्पना भएको स्पष्ट पारे। उनले जीपीएस प्रणालीमार्फत नगरको नक्सांकन, सडक रेखांकन र नामकरण, मुख्य चोकहरूमा दिशा–निर्देश बोर्ड जडान, घरहरूमा नामांकन (नम्बरिङ) लगायतका कार्यहरू थालिएको जानकारी गराउँदै यो अभियानलाई ‘स्मार्ट प्रशासन, सुशासन र पारदर्शिता’ मा रूपान्तरण गर्ने दीर्घकालीन दृष्टिकोण रहेको बताए।

    उनले स्थानीय सरकारको भूमिका अब सीमित पूर्वाधार निर्माणमा मात्र सीमित नरही, प्रविधि, नवप्रवर्तन र डिजिटल पहुँचलाई प्राथमिकतामा राख्दै नागरिकसँगको सम्बन्ध अझ नजिक बनाउने दिशामा अघि बढिरहेको स्पष्ट पारे। उनले प्रवासी नेपालीहरूलाई पनि ज्ञान, अनुभव र स्रोतको साझेदारीमार्फत आफ्नो नगरपालिका र देशको विकासमा योगदान पुर्‍याउन आह्वान गरे।

    कार्यक्रममा एनआरएनए एनसीसी युएसए भिए च्याप्टर अध्यक्ष विशाल कार्की, पूर्व अध्यक्ष कृष्ण सादगी भण्डारी, डा. श्याम थापा, डा. देशराज संयोग, डा. योगेन्द्र पनेरु लगायतका विशिष्ट व्यक्तिहरूले आ–आफ्नो धारणा राख्दै कालिकाको यो पहलप्रति प्रशंसा गर्दै प्रविधिमैत्री विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

    अमेरिकामा आयोजना गरिएको ‘मिट एण्ड ग्रिट विथ मेयर रेग्मी’ शीर्षकको कार्यक्रमले नेपालमा स्थानीय सरकारको क्षमता, प्रविधिको प्रयोग र प्रवासी समुदायको भूमिका बारे सकारात्मक बहस सिर्जना गरेको सहभागीहरूले जनाएका छन् ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.