• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. बिचौलियाको मारमा किसान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

मुग्लिन-मलेखु सडकको काम ३३ प्रतिशत पूरा,आठ किलोमिटर चार लेन सडक कालोपत्र

  •   आइतबार, साउन ०४, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नागढुङ्गा-मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन-मलेखु सडकको काम ३३ प्रतिशत सम्पन्न भएको छ । यस सडकको ३८ किलोमिटर भागमध्ये आठ किलोमिटर चार लेन सडकको कालोपत्रको काम सम्पन्न भएको छ । पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार कुरिनटार क्षेत्रमा एकैठाउँमा पाँच किलोमिटर कालोपत्र गरिएको छ भने बाँकी विभिन्न ठाउँमा कालोपत्र गरिएको हो । थप आठ किलोमिटर क्षेत्र कालोपत्र गर्ने तयारी गरिएको छ ।

    सो सडकको २५ किलोमिटर भागमा पक्की नाली बनाइएको छ । सडकको चौडा गर्ने काम नाली बनाएका क्षेत्रमा भइसकेको छ । थप आठ किलोमिटर क्षेत्रमा सडक चौडा गर्ने काम बाँकी रहेको छ । सो सडक खण्डमा रहेका छ वटा पुलमध्ये गोमती खोलाको पुलको काम सम्पन्न भएको छ । बाँकी तीन पुलमा साउनभित्रमा ढलान गर्ने योजना रहेको नेपालले बताउनुभयो । थप दुई पुल वर्षा सकिएपछि काम अघि बढाइने छ । ती पुलमा पिल्लर उठाउने काम भएको छ । आयोजनाले मुआब्जा दिनुपर्नेमध्ये ७० प्रतिशत वितरण गरिसकेको छ । विद्युत्का खम्बा ४०० बाट सार्नुपर्नेमा ३०३ वटा सारिएको छ । वर्षात्को समयमा पुलको ढलानको काम र निर्माण सामग्री प्रशोधनको काम मात्र हुने गर्दछ ।

    नेपालले भदौपछि अरु काम थालिने बताउनुभयो । यो खण्डमा दुई दशमलव दुई किलोमिटर छ लेन सडक बन्नेछ, जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्छ । चार लेन सडक सात दशमलव दुई किलोमिटर हुनेछ । यो रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझीमटार, चरौँदी र विशालटार क्षेत्रमा हुनेछ । उकालो–ओरालो खण्डमा तीन लेनको क्लाइम्बिङ लेन पनि बनाइनेछ, जुन दुई दशमलव तीन किलोमिटर हुनेछ । बाँकी सडक ‘डेडिकेटेड’ दुई लेनको हुनेछ । विसं २०७९ पुस १५ मा तीन वर्षमा सम्पन्न गर्ने गरी यो सडक ठेक्का लगाइएको हो । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नागढुङ्गा सडकखण्डलाई तीन प्याकेज बनाएर बोलपत्र आह्वान गरिएको हो ।

    यो तेस्रो प्याकेजमा पर्दछ । यो प्याकेजमा ३८ दशमलव ८६ किलोमिटर पर्दछ । शर्मा–जेडआइसिजीले रु चार अर्ब ८० करोड ५९ लाखमा यस खण्डको स्तरोन्नतिको ठेक्का लिएको हो । सडकको विभिन्न क्षेत्रमा नाला बनाउने, पहिरो रोकथामको काम, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षालगायत काम गर्नुपर्ने हुन्छ ।

    यो सडक विश्व बैंकको सहयोगमा बनाइएको हो । काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रुपमा यो सडक रहेको छ । सडकमा सवारीसाधनको उच्च चाप र कच्चापदार्थ पाउन कठिन हुँदा काममा ढिलाइ भएको हो । यससँगै सुरुका वर्षमा डिजाइन परिवर्तन हुँदा पनि काममा ढिलाइ भएको नेपालले बताउनुभयो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.