काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप निर्माण गरिरहेको अमेरिकी कम्पनी मोडेर्नाले कोरोना खोपको २५ देखि ३७ डलरमा विश्वभरका मुलुकहरुलाई बिक्री गर्ने बताएको छ । खोपको भाउ कति परिणामको लागि गरिएको सम्झौता हो भन्नेमा निर्भर हुने कम्पनीका सीईओ स्टेफान बान्सेलले बताएका छन् । उनका अनुसार यो खोपको मूल्य फ्लुको खोप बराबरकै हो । फ्लुको खोपको भाउ १० देखि ५० डलरको बीचमा रहने गरेको उनको भनाइ छ । यसअघि गत सोमबार मोडर्नासँगको वार्तामा सहभागी ईयूका अधिकारीहरुले युरोपेली कमिसनले २५ डलरभन्दा कम मूल्यमा कोरोना खोप किन्ने प्रयास गरिरहेको बताएका थिए । यद्यपि बान्सेलले भने अहिलेसम्म कुनै सम्झौता नभएको बताएका छन् ।








