• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

आर्थिक अभावले उपचारमा समस्या : पूर्वमन्त्री लक्ष्मणकिशोर चौधरीको जीवन संकटमा

  •   बुधबार, साउन ०७, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । – सुदूरपश्चिम प्रदेश सरकारका पूर्वमन्त्री तथा नागरिक उन्मुक्ति पार्टीका वर्तमान प्रदेश सांसद लक्ष्मणकिशोर चौधरी गम्भीर स्वास्थ्य समस्यासँग संघर्षरत छन् । दुबै मिर्गौला फेल भएपछि उनी हाल तेस्रोपटक मिर्गौला प्रत्यारोपणको तयारीमा छन्, तर उपचार खर्च अभावका कारण अप्रेसनको मिति पटक–पटक सर्न थालेको छ । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचाररत चौधरीको फाइल चार महिनादेखि सुदूरपश्चिम सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा अड्किएको छ ।

    यसै कारण उनी समयमै प्रत्यारोपण गर्न नसकी हप्तामा तीनपटक डायलसिस गर्न बाध्य छन् । “सस्तो र सहज उपचारको आशा गरेको थिएँ, तर मेरो फाइल एक ठाउँमा अड्किन्छ, कहिले अर्को ठाउँमा,” अस्पतालमै रहेका चौधरीले गुनासो गरे । पूर्व सामाजिक विकास मन्त्री तथा उद्योग मन्त्रीसमेत रहेका चौधरीका अनुसार एक हप्ताको डायलसिस खर्च मात्र १८ हजार रुपैयाँ आउँछ । आगामी प्रत्यारोपणका लागि ७ देखि ८ लाख रुपैयाँ खर्च लाग्ने अस्पतालले जानकारी दिएको छ ।संबन्धित कानुन अनुसार प्रदेश सभाका पदाधिकारी तथा सदस्यका लागि सरकारले उपचार खर्च व्यवस्था गर्न सक्ने व्यवस्था भए पनि अहिलेसम्म उनको अघिल्ला उपचार खर्चको बिल भुक्तानीसमेत हुन सकेको छैन ।

    प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीका अनुसार फाइल प्रक्रिया अनुसार आन्तरिक मामिला मन्त्रालयमा पठाइसकिएको छ, तर त्यसलाई अघि बढाउन आर्थिक मामिला मन्त्रालयको सहमति र मन्त्रिपरिषद्को स्वीकृति आवश्यक पर्छ । आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले आफूले फाइल अघि बढाउन निर्देशन दिइसकेको बताउँदै यसबारे पुनः चासो लिएको जानकारी दिए । पूर्वमन्त्री चौधरीका स्वकीय सचिव बालगोविन्द चौधरीले फाइल अझै आन्तरिक मामिला मन्त्रालयबाट आर्थिक मामिला मन्त्रालयमा पठाउन बाँकी रहेको बताए । जब आर्थिक मामिला मन्त्रालयबाट सहमति प्राप्त हुन्छ र मन्त्रिपरिषद्बाट निर्णय हुन्छ, त्यतिबेला मात्रै फाइल प्रदेश सभा सचिवालयमा फर्केर उपचार खर्च भुक्तानी प्रक्रिया अघि बढ्नेछ । २०७२ सालमा कान्छी बहिनी असर्फी चौधरी र २०६५ सालमा आमाबाट मिर्गौला प्राप्त गरेका चौधरी पछिल्लो समय पुनः प्रत्यारोपणको तयारीमा छन् ।

    मिर्गौलासम्बन्धी समस्या उनीमा पहिलोपटक २०६४–०६५ सालतिर थारु भाषाको चलचित्र ‘भुइँचाल’ निर्माणका क्रममा देखिएको थियो । २०८१ साल जेठ २० गतेदेखि पुनः गम्भीर स्वास्थ्य समस्या देखिएपछि उनी काठमाडौं, सेती प्रादेशिक अस्पताल र नवजीवन अस्पतालमा नियमित उपचारमा छन् । जीवन र मृत्युको दोसाँधमा रहेका चौधरी राज्यबाट पाउने उपचार अधिकार र प्रक्रिया छरितो बनाउन आग्रह गरिरहेका छन् । जीवन र मृत्युको दोसाँधमा रहेका चौधरी राज्यबाट पाउने उपचार अधिकार र प्रक्रिया छरितो बनाउन आग्रह गरिरहेका छन् ।

    यसैबीच विरामीका परिवारले स्वास्थ्य उपचारका लागि आर्थिक सहयोगको याचना गरेका छन् । उपचारमा ठूलो आर्थिक खर्च भइरहेकाले चौधरीको जीवन रक्षाका लागि सबैले सकेको आर्थिक सहयोग गरिदिन अपिल गरेका छन् । सहयोगगर्न चाहनेदाताहरुले सानीमा बैंकमा रहेको विरामी चौधरीकै नामको खातामा आर्थिक सहयोग जम्मा गर्न सक्नुहुनेछ । वा सानीमा बैंककै क्यूआर मार्फतपनि आर्थिक सहयोग पठाउन सकिनेछ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.