• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. बिचौलियाको मारमा किसान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

अङ्गकुरम् एकेडेमीमा अभिभावक प्रशिक्षण,बदलिँदो युगमा असल अभिभावकत्व: चुनौती र अवसर’

  •   आइतबार, साउन ११, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर–७, कृष्णपुरस्थित अङ्गकुरम्  एकेडेमीमा शनिबार आयोजित कार्यक्रममा २१औँ शताब्दीले अभिभावकत्वमा चुनौतीहरू थपिएको बताइएको छ । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीका अभिभावकहरूका लागि छुट्टाछुट्टै आयोजित कार्यक्रम असल अभिभावक बन्न गर्नुपर्ने र गर्न नहुने व्यवहारबारे तथ्यसहित प्रशिक्षण दिइएको हो । कार्यक्रमका प्रशिक्षक सेन्ट जेभियर्स स्कुलका पूर्वप्राधानाध्यापक जोसेफ निरौलाले आजको युगमा अभिभावकहरूलाई पारम्पारिक मूल्यहरू र आधुनिक प्रविधिहरूसँग जुध्नु परेको बताए ।

    बदलिँदो युगमा अभिभावकत्व एक जटिल कार्य बनेको छ, जहाँ बालबालिकाको शारीरिक, मानसिक र भावनात्मक विकासका लागि सही मार्गदर्शन प्रदान गर्नु महत्त्वपूर्ण छ,’ उनले भने । असल अभिभावकत्व भनेको बच्चालाई प्रेम गर्ने, मार्गदर्शन गर्ने र स्पष्ट सीमाहरू निर्धारण गरी बच्चाको स्वतन्त्रता र आत्मसम्मानलाई बढावा दिँदै बच्चाहरूको विकास चरण बुझेर उनीहरूको व्यक्तिगत आवश्यकताअनुरूप व्यवहार गर्नु हो,’ उनले भने । सामाजिक सञ्जाल, स्मार्टफोन, ट्याब्लेट, कम्प्युटर र इन्टरनेटको अधिक प्रयोग किशोरकिशोरीहरूमा नयाँ चुनौतीको रूपमा देखा परेको बताउँदै प्रशिक्षक निरौलाले छोराछोरीमा ।।।स्क्रिन टाइम’को नियन्त्रण गर्न अभिभावकहरूलाई कठिनाइ भइरहेको बताए । उनले स्मार्टफोनको अत्यधिक प्रयोगले किशोरकिशोरीकोे सामाजिक, शैक्षिक तथा मानसिक विकासमा असर पु¥याउने हुनाले अभिभावक यसप्रति सचेत हुनुपर्ने बताए ।

    आजका अभिभावकले उपकरणको सही प्रयोग कसरी गर्ने भन्ने बुझेर आफ्ना सन्तानलाई समय दिने र र उनीहरूको भावनात्मक आवश्यकताहरूलाई प्राथमिकताान राख्नुपर्छ’, उनले भने । प्रशिक्षण कार्यक्रममा २१ औं शताब्दीमा अभिभावकलाई शैक्षिक तथा मानसिक स्वास्थ्यमा एकैसाथ ध्यान दिने चुनौती रहेको बताइयो । छोराछोरीलाई सफल नागरिक बनाउन राम्रो शिक्षा र मानसिक सन्तुलनबारे अभिभावक चनाखो हुनुपर्ने तथ्यमाथि जोड दिइएको थियो । प्रशिक्षक निरौलाले भने, अहिले छोराछोरीलाई कसरी सिकाउने भन्दा पनि कसरी बचाउने भन्ने कुरा चुनौतीपूर्ण छ,’ ।।।अधिकांश किशोरकिशोरी अभिभावकको सही अभिावकत्व नहुँदा गलत बाटोमा हिँडेको पाइएको छ ।’

    अहिलेका किशोरकिशोरीमा तनाव, डिप्रेशन, र सामाजिक दबाबजस्ता समस्याहरू बालबालिकामा बढिरहेका छन् । यसमा अभिभावकले निरन्तर संवाद, प्रोत्साहन र हिम्मत दिनु आवश्यक छ’, उनले भने । कामकाजी अभिभावकले आफ्ना छोराछोरीलाई समय दिन नसक्दा समस्या थप बल्झिन सक्ने हुनाले समयको व्यवस्थापन र पारिवारिक अनुशासन कायम गर्नुपर्ने उनले बताए । यदि खाना खाने समयमा अभिभावकले मोबाइल प्रयोग गरेन भने छोराछोरीलाई पनि नचलाउन निर्देशन दिन सकिन्छ, त्यो बालबालिकाले पनि सहजै ग्रहण गर्छन् र अटेरी गर्दैनन्,’ प्रशिक्षक निरौलाले भने । निरन्तर बदलिइरहेको अहिलेको समयमा अभिभावकले हप्काउने, आक्रोश व्यक्त गर्ने र गाली गर्नुको सट्टा सहानुभूति दर्शाएर किशोरकिशोरीको कुरा सुनिदिनु पर्ने र आफ्ना बच्चासँग निरन्तर कुराकानी गर्नुपर्नेमा उनको जोड थियो । यस्तो क्रियाकलापले बच्चाहरुमा आत्मसम्मान र आत्मविश्वासको विकासमा हुने उनले बताए । मद्दत गर्दछ ।

    प्रविधिको तीव्र विकास भइरहेको अहिलेको समयमा बालबालिकाको शारीरिक, मानसिक र भावनात्मक विकासमा सन्तुलन राख्नु निकै चुनौतीपूर्ण कार्य हो भएकोले आधुनिक प्रविधि, शिक्षा, मानसिक स्वास्थ्य र समय व्यवस्थापनलाई सन्तुलित बनाउने भूमिका अभिभावकको भएकोले धैर्य, समर्पण र समझदारीको आवश्यकता पर्दछ बोध गरी असल नागरिक बनाउन क्रियाशील हुनुपर्ने तथ्यमाथि जोड दिइएको थियो । विद्यालयका प्राचार्य सुमन पौडेलले स्वागत गरेको कार्यक्रममा विद्यालयका +२ निर्देशक डा. आरएन खनालले शैक्षणिक गतिविधि र आचारसंहिताका बारेमा जानकारी गराएका थिए । आवासीय निर्देशक नईम चौधरीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन +२ संयोजक अर्जुनबाबु दौलियाले गरेका थिए भने कार्यक्रम सञ्चालक समिति अध्यक्ष आनन्दबहादुर चन्दको सभापतित्वमा सम्पन्न भएको थियो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.