• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. बिचौलियाको मारमा किसान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

सिन्धुलीबाट बेपत्ता भएको हायू परिवार पोखरामा भेटिए

  •   मङ्गलबार, साउन १३, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाको आफ्नै घरबाट सम्पर्कविहीन भनिएका हायू परिवारका सदस्य पोखराको गगनगौंडामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनीहरूलाई गगनगौंडाको एउटा घरमा बसिरहेको अवस्थामा हिजो बेलुकी अबेर फेला पारिएको हो ।

    उनीहरु सपरिवार पोखरा गएर शनिवार लेकसाइडको एउटा होटलमा बसेका थिए, हिजो हराएको समाचार सार्वजनिक भएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि सीसीटीभीको आधारमा उनीहरू बसेको ठाउँ पत्ता लागेको प्रहरीले जनाएको छ । उनीहरुले पोखरामा ज्यामी काम गर्नका लागि आएको बताएका छन् । आफूहरु ज्यामी काम गर्ने भएकाले सिन्धुलीमा काम नपाएपछि पोखरा गएको उनीहरुको भनाइ छ । परिवारकै १६ जना बिहीबारदेखि सम्पर्कविहीन भएको खबर हिजो दिनभर नै चर्चामा रहेको थियो ।

    १६ जनामध्ये एक ज्वाइँ र छोरी पोखराकै रहेको तथा अर्को छोरी काठमाण्डौमा बस्ने गरेको प्रहरीले जनाएको छ । गाउँको एकान्तमा रहेको घरमा हिजो प्रहरीसहितको टोली पुग्दासमेत कोही नभेटिएपछि सम्पर्कविहीन भएको भन्दै उनीहरुको खोजी गरिएको थियो । घरका सबै सदस्य रहस्यमयी तरिकाले सम्पर्कविहीन भएपछि छिमेकीले नै जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए । छोरो विदेशबाट आएको र सामाजिक सुरक्षा भत्ता बुझेको खुशीयालीमा रमाइलो गर्दै कतै घुमघाममा निस्केका वा आफन्तजन भएका ठाउँमा जानसक्ने सम्भावनालाई पनि ख्याल गर्दै प्रहरीले खोजी गरेको थियो ।

    प्रहरीका अनुसार उनीहरु बिहीवार राति गाडी रिजर्भ गरेर सिन्धुली, हेटौँडा, मुग्लिन हुँदै पोखरा पुगेका हुन् । घरबाट बाहिरिँदा हायू परिवारले ६ वटा बाख्रा त्यत्तिकै छोडेर गएका थिए । खोरमा बाख्रा बाँधेर तथा कुकुर छाडेर छरछिमेकी कसैलाई पनि जानकारी नदिई सम्पर्कविहीन भएपछि उनीहरुको बारेमा सोधीखोजी व्यापक भएको थियो ।

    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.