चितवन । नब जागृति सामुदायिक बन भरतपुर ११ को १९ औं साधारणसभा र ५ औं परिषद बैठक सम्पन्न भएको छ । बैठकले नवनिर्वाचित कार्यसमिति समेत चयन गरेको छ । जसको अध्यक्षमा देवकुमार गुरुङ, उपाध्यक्षमा नारायण बहादुर केसी, सचीवमा बिष्णुकुमारी सापकोटा ,सह सचीवमा ध्रुवराज पण्डित, कोषाध्यक्षमा इश्वरीप्रसाद आचार्य चयन भएका छन् । सदस्यहरुमा लालमाया लामा, गायत्रीदेवी सुवेदी, सीताकुमारी बाँस्तोला, कमला अर्याल भुसाल, शिवकुमारी लामा, सीता अर्याल, ज्ञानदेवी गुरुङ, मैयाँ नेपाली मालबुल, मानबहादुर गुरुङ, प्रकाश देवकोटा, विकास श्रेष्ठ, चन्द्रप्रकाश आचार्य रहेका छन् । त्यस्तै लेखा समितिको संयोजकमा अनोज जोशी ,सदस्यमा वावुहरी आचार्य र प्रकाश अधिकारी रहेका छन् ।








