काठमाडौं । काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । काठमाडौंमा काली पराजुली आएका छन् भने भक्तपुरमा प्रेम भट्टराईलाई पठाइएको छ । काठमाडौका नयाँ सीडीओ पराजुली अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए भने भक्तपुरका सीडीओ भट्टराई धनुषामा प्रमुख जिल्ला अधिकारी थिए । काठमाडौंमा हाल रहेका सीडीओ जनकराज दाहाल र भक्तपुरकी सीडीओ हुमकला पाण्डेको गृह मन्त्रालयमा सरुवा भएको छ ।








