• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. बिचौलियाको मारमा किसान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

“स्व. ‘चञ्चल’को स्मृतिमा २० लाख बराबरको छात्रवृत्ति योजना, अक्सफोर्डको ऐतिहासिक घोषणा”

  •   आइतबार, साउन १८, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेन्टले आफ्ना प्रमुख सल्लाहकार, शिक्षाविद् तथा समाजसेवी स्वर्गीय राम प्रसाद चापागाईं “चञ्चल”को १३औं पुण्य तिथिको अवसरमा उहाँको नाममा ‘राम प्रसाद “चञ्चल” छात्रवृत्ति योजना’ घोषणा गरेको छ। स्व. चापागाईंको स्याउली बजारस्थित निवासमा आयोजित श्रद्धाञ्जली कार्यक्रमकाे अवसरमा कलेजका प्रिन्सिपल प्रा. डा. इञ्जिनियर हरि भण्डारीले औपचारिक रूपमा छात्रवृत्ति योजनाको घोषणा गर्नुभयो।

    कार्यक्रममा उहाँले स्व. चापागाईंप्रति श्रद्धा प्रकट गर्दै उहाँको शिक्षाप्रतिको समर्पण, निःस्वार्थ सेवा भाव र सादगीपूर्ण जीवनशैली भावी पुस्ताका लागि प्रेरणाको स्रोत भएको उल्लेख गर्नुभयो। कलेजले सार्वजनिक गरेको विवरण अनुसार, यो छात्रवृत्ति योजना अन्तर्गत हरेक शैक्षिक वर्षमा B.E. Civil र B.E. Electrical & Electronics (E&E) कार्यक्रम अध्ययनरत दुई जना विद्यार्थी एक छात्र र एक छात्रा लाई पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ। छात्रवृत्तिका लागि छनोट गरिने विद्यार्थीहरू शैक्षिक रूपमा मेधावी हुनुका साथै आर्थिक रूपमा पनि विपन्न पृष्ठभूमिबाट आएका हुनुपर्नेछ। यो छात्रवृत्ति योजना वार्षिक २० लाख ४५ हजार रुपैयाँ बराबरको रहने कलेजले जनाएको छ।

    छात्रवृत्तिका लागि छनोट प्रक्रियामा विद्यार्थीको शैक्षिक योग्यता, अनुशासन, आर्थिक अवस्था लगायतका आधारहरूलाई समग्र मूल्याङ्कन गरिनेछ। छात्रवृत्ति योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न कलेजले विस्तृत कार्यविधि तयार गर्ने जनाएको छ। उक्त कार्यविधिमा आवेदन प्रक्रिया, मूल्याङ्कनका मापदण्ड, छात्रवृत्ति वितरणको प्रक्रिया र व्यवस्थापन सम्बन्धी स्पष्ट निर्देशिका समावेश गरिनेछ। कार्यक्रममा कलेजका भाइस प्रिन्सिपलसहित विभिन्न शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो। सहभागी वक्ताहरूले स्व. चापागाईंको शिक्षासेवा र सामाजिक योगदानको स्मरण गर्दै उहाँप्रतिको श्रद्धा व्यक्त गरे। भाइस प्रिन्सिपल कृष्णहरी पौडेलले मन्तव्य राख्दै छात्रवृत्ति योजना स्व. चापागाईंप्रति श्रद्धाञ्जली मात्र नभई भावी पुस्ताका लागि मार्गदर्शन र प्रेरणाको स्रोतसमेत बन्ने विश्वास व्यक्त गर्नुभयो।

    उहाँले भन्नुभयो, “उहाँले शिक्षा र सेवालाई जीवनको अभिन्न अङ्ग बनाउनु भयो। हामी उहाँका आदर्शलाई जीवन्त राख्न प्रतिबद्ध छौं।” स्व. चापागाईं ‘चञ्चल’को शिक्षाप्रतिको समर्पण, दूरदृष्टि र समाजसेवा आज पनि यस क्षेत्रको शैक्षिक विकासका लागि मार्गदर्शक बनेको सहभागीहरूले बताएका थिए।

    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    OCEM का तीन विद्यार्थीले सबै सेमेस्टरमा ४.० GPA हासिल गर्दै रचे ऐतिहासिक कीर्तिमान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.