• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. बिचौलियाको मारमा किसान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

महानगरको दुई ठाउँबाट दमकल सेवा सञ्चालन, गत आर्थिक बर्षमा १३३ वटा घटना नियन्त्रणमा

  •   मङ्गलबार, साउन २०, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको भरतपुर महानगरपालिका बिपद् तथा बिपद्जन्य घटनाहरुमा अब्बल सावित हुदै गएको छ । महानगरपालिकाले अहिले महानगरको दुई ठाउँबाट दमकल सेवा सञ्चालन गरेसगै महानगरले बिपद् तथा बिपद्जन्य घटनाहरुमा थप सफलता हात पारेको हो ।

    यस पालिकाले भरतपुरको मात्र नभइ चितवन जिल्ला भरिकै आगो नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । चितवन सगै छिमेकी जिल्ला नवलपुरमा यस महानगरको दमकलले बिभिन्न समयमा भए गरेका आगलागी तथा बिपद् एवं बिपद्जन्य घटनाहरुमा सहयोग गर्दै आइरहेको महानगरका बरुणयन्त्र अधिकृत देवेन्द्र राज रेग्मीले बताए । रेग्मीका अनुसार गत आर्थिक बर्ष २०८१/०८२ मा भरतपुर र नवलपुरमा गरेर १ सय ३३ वटा आगलागीका घटना भएका छन् । जसमा भरतपुर क्षेत्र र गैडाकोटमा गरेर ९७ वटा आगलागीका घटना भएका छन् भने चनौली इकाइबाट सोहि आर्थिक बर्ष ३६ वटा आगलागीका घटना भएका छन् ।

    हेलचक्राइ र लापरवाहीका कारण बनजगंलमा आगलागी र डढेलोको प्रकोप दिनप्रतिदिन बढदो क्रममा रहेको छ । सुक्खा खडेरी र प्रतिकुल मौसमका कारण आगलागीका घटना बढदै गएको देखिन्छ । हिउँदबाट सुरु भएको आगलागीका घटना वर्षायाम सुरु भए सगै कम हुदै गएका छन । चितनवको भरतपुर महानगरपालिकाले आगलागीका घटना हुन नदिन र यसबाट बच्न र बचाउन भन्दै सजगता अपनाएको देखिन्छ । महानगरपालिकाले अहिले दुइ स्थानबाट आगलागी नियन्त्रणको प्रयास गर्दै आइरहेको छ । महानगरले हाल तिन वटा दमकल परिचालन गरिरहेको छ ।

    विपद् व्यवस्थापन शाखा प्रमुख बालकृष्ण थपलियाले गर्मीयामको समयमा हुन सक्ने आगलागीमा उद्दार, राहत तथा व्यवस्थापन कार्य सम्बन्धि सचेतनाका लागि कृत्रिम घटनाका अभ्यासहरु मार्फत आमनागरिकलाइ सचेत बनाइएको बताए । अधिकृत थपलियाका अनुसार अभ्यासमा आगलागीको अवस्थामा घरहरुबाट घाईतेहरुको उद्धार गर्ने अभ्यास, अग्नि नियन्त्रणद्धारा अगलागी नियन्त्रण अभ्यास, ग्यास सिलिण्डरबाट हुने आगलागी तथा जोखिम नियन्त्रणको डेमोस्ट्रेशन तथा हुन सक्ने क्षति र त्यसको त्रासबाट मुक्त गराउनको लागि सुरक्षात्मक उपायहरु अपनाउने तरिकाको नमुना अभ्यास गर्दै आइरहेको छ ।
    भुकम्प, बाढी पहिरो, आगलागी जस्ता विपदमा सिमित स्रोत साधानका वावजुद पनि पिडितको उद्वार, राहत तथा अस्थायी आवास निर्माण कार्यमा भुमिका निभाउदै आएको र आगामी दिनमा पनि विपद पिडितहरुको उद्वार विपद जोखिम न्यूनिकरणका लागि तयारी अवस्थामा महानगर रहेको थपलियाको भनाइ छ ।
    उनले आगलागीजन्य घटना तथा विभिन्न स्थानमा सिलिन्डर ग्यासमा आगलागी हुने घटना भइरहेकाले यसबाट सुरक्षित रहने उपायहरूको बारेमा सबै जना सचेत हुन आवश्यक रहेको पनि बताए । महानगरले साना ठूला सबै आगलागीका घटनाहरुमा महानगर सगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा आगो नियन्णमा ल्याउने गरेको छ । बदलिदो मौसमका कारण हुन सक्ने आगलागीको घटनालाई मध्यनजर गरी बिपद् पूर्व तयारी अनुरुप सरोकारवाला निकायहरुको समन्वयमा महानगरपालिकाले काम गर्दै आइरहेको छ ।

    नेपालमा आगलागीमा परेर बर्षेनी सयौंको संख्यामा मानिसहरुको ज्यान जाने गरेको र दुइ अर्व रुपैयाँ भन्दा धेरैको भौतिक क्षति हुने गरेको गृह मन्त्रालयको तथ्याकंमा उल्लेख छ । बर्षेनी डढेलोको कारण हजारौं हेक्टर बनक्षेत्र बिनास समेत हुने गरेको मन्त्रालयको तथ्याकंले देखाउछ ।

    अक्सिजन र इन्धनसगँ घर्षण वा ताप मिसिँदा हुने रासायनिक प्रतिक्रयाबाट उत्पन्न हुने तापिय शक्ति नै आगो हो । नेपाल आगलागी जोखिमको हिसाले उच्च जोखिममा छ । विश्वव्यापी जलवायु जोखिम सूचकांकका अनुसार नेपाल आगलगी जोखिमको हिसाबले विश्वको तेस्रो, भुकम्पीय जोखिमको हिसाबले ११ औँ र बाढि पाहिरोको हिसाबले ३० औँ स्थानमा छ । वर्षेनी हुने शितलहर, आगलागी, अतिबृष्टि, अनावृष्टि, हिमपातलगायतको कारणले सयौँको ज्यान जाने गरेको छ ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.