• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

विश्व आदिवासी दिवस–२०८२ ‘आदिवासीका मुद्दाप्रति राज्य अनुदार’

  •   शनिबार, साउन २४, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । आदिवासी जनजाति समुदायका अगुवाहरूले राज्यको उदासिनताका कारण आफ्ना मुद्दा अझै ओझेलमा परेको बताएका छन्। शनिबार नारायणी कला मन्दिरमा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) चितवनले आयोजना गरेको ३१औँ विश्व आदिवासी दिवसको कार्यक्रममा बोल्दै उनीहरूले सरकारको बेवास्ताले वर्षौंदेखि आन्दोलन गर्न बाध्य भएको बताएका हुन्।

    आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानकी कार्यकारी सदस्य विष्णुकुमारी चौधरीले संयुक्त राष्ट्र संघको युएनड्रिप र आइएलओ १६९ कार्यान्वयनको माग गर्दै आएको लामो समय बितिसक्दा पनि सुनुवाइ नभएको बताइन्। उनले सरकारलाई दबाब दिने मात्र नभई, कानुन निर्माण गर्ने तहसम्म आदिवासी जनजातिलाई पुर्‍याउनुपर्ने सुझाव दिइन्।
    “हामी जहिल्यै संस्कृतिको धनी भनिरहेका छौँ, तर आर्थिक दृष्टिले पनि धनी बन्नु आवश्यक छ,” उनले भनिन्, “संस्कृति जोगाउँदै आर्थिक पाटोलाई बलियो बनाउने काममा ध्यान दिनुपर्छ।”

    राप्ती नगरपालिकाका मेयर शमशेर लामाले आर्थिक सबलीकरणका लागि उत्पादनमूलक काममा जोड दिन आग्रह गरे। उनले कमजोर बन्दै गएको अर्थतन्त्रलाई देखाउँदै सरकारमाथि मात्र भर पर्नु नहुने बताए। साथै, युवालाई आधुनिक प्रविधिसँग घुलमिल हुने परिणाममुखी शिक्षामा जोड दिन आवश्यक रहेको बताए।

    नेफिन चितवनका पूर्वअध्यक्ष तथा सल्लाहकार समितिका संयोजक पदमबहादुर गुरुङले राज्यसँगको मुकाविलामा आदिवासी जनजाति समुदाय कमजोर बन्दै गएको भन्दै चिन्ता व्यक्त गरे। आइएलओ १६९ अनुसारको प्राकृतिक स्रोतमा अग्राधिकारको अधिकार सर्वोच्च अदालतले निर्देश दिइसक्दा पनि कार्यान्वयन नहुँदा सरकारसँग दृढतापूर्वक उभिनुपर्ने उनले बताए। उनका अनुसार विश्वका ९० मुलुकमा बसोबास गर्ने आदिवासी जनजातिहरूले करिब सात हजार भाषा र पाँच हजार संस्कृति जोगाइरहेका छन्।

    राप्तीमा सार्वजनिक विदा घोषणा –

    कार्यक्रममै मेयर लामाले २०८३ सालदेखि हरेक वर्ष विश्व आदिवासी दिवसको अवसरमा राप्ती नगरपालिकामा सार्वजनिक विदा दिने घोषणा गरे। उनले चितवनका सबै पालिकासँग समन्वय गरी जिल्लाभरि नै विदा दिलाउने वातावरण सिर्जना गर्ने प्रतिवद्धता जनाए।

    २०७८ सालको जनगणनाअनुसार चितवनमा करिब ३ लाख ३३ हजार आदिवासी जनजाति बसोबास गर्छन्। नेफिन चितवनका अध्यक्ष महेन्द्र दुराले नगरपालिकाको घोषणालाई स्वागत गर्दै सबै स्थानीय सरकारले यस्तै उदारता देखाए मुद्दा समाधानतर्फ अघि बढ्ने विश्वास व्यक्त गरे।

    कार्यक्रममा लमजुङको ठाडोभाकादेखि चितवनकै थारु, दरै लगायतका सांस्कृतिक प्रस्तुति र जातीय झाँकीसमेत प्रदर्शन गरिएको थियो।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.