• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

इच्छाकामनाबाट एसइइ दिने सबैलाई एक्सपर्टको क्याल्कुलेटर

  •   आइतबार, साउन २५, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । इच्छाकामना गाउँपालिकाबाट यस वर्षको एसइइ परीक्षा दिने तयारीमा रहेका सबै विद्यार्थीलाई एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले क्याल्कुलेटर दिँदै छ । स्थापना दिवसमा मनाइने ‘एक्सपर्ट डे’ को अवसरमा एक्सपर्टले उक्त गाउँपालिकाका ८ वटै माध्यमिक विद्यालयका कक्षा १० अध्ययनरत सबै विद्यार्थीलाई क्याल्कुलेटर सहयोग गर्न लागेको हो । साउन २३ गते परेको स्थापना दिवसको अवसरमा एक्सपर्टले आयोजना गरेको विशेष समारोहमा दुईवटा माध्यमिक विद्यालयलाई क्याल्कुलेटर दिइसकेको छ भने बाँकी छ वटा विद्यालयलाई छिट्टै हस्तान्तरण गरिने एक्सपर्ट चितवनका निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।

    उक्त समारोहमा निर्देशक अधिकारीसँगै प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङलाई सत्ताइस थान र माध्यमिक विद्यालय रानीखोलालाई बीस थान क्याल्कुलेटर हस्तान्तरण गरे । त्यसबाहेक सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारलाई एक सय चार थान, त्रिवेणी वराह माध्यमिक विद्यालय मुग्लिङलाई सैँतीस थान, जनप्रिय माध्यमिक विद्यालय काउलेलाई चौबिस थान, माझगाउँ माध्यमिक विद्यालयलाई नौ थान, माध्यमिक विद्यालय ढुङ्ग्रेलाई तेइस थान र राष्ट्रिय माध्यमिक विद्यालय गर्दासलाई सैँतीस थान क्याल्कुलेटर सम्बन्धित विद्यालयलाई दिइने छ ।

    “छिट्टै ती स्थानमा गएर हरेक विद्यार्थीको हातमा पर्ने गरी दिइने छ”, एक्सपर्ट चितवन रिजनका बिजनेस डेभलपमेन्ट म्यानेजर विनोदबाबु रिजालले भने– “व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत एक्सपर्टले हरेक वर्ष सामुदायिक विद्यालयलाई गर्ने सहयोगको यो निरन्तरता हो ।” इच्छाकामनाभर कक्षा दशमा अध्ययन गर्ने कुल विद्यार्थी दुई सय एकासी जना छन् । विकट क्षेत्रमा अध्ययनरत उनीहरूमध्ये अधिकांशको आर्थिक अवस्था कमजोर छ । “विपन्नताकै कारण त्यस क्षेत्रका विद्यार्थीलाई क्याल्कुलेटर किन्नसमेत अप्ठ्यारो हुने गरेको सुनिएको छ”, एक्सपर्टका निर्देशक अधिकारीले भने– “त्यही सहज होस् भनेर सहयोग गरेका हौँ ।”

    कार्यक्रमका प्रमुख अतिथि आचार्यले एक्सपर्टले गरेको सामाजिक क्रियाकलाप प्रशंसनीय भएको बताए । उनले कार्यक्रमको उद्घाटन पनि जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिएर गरेका थिए । कविलास माध्यमिक विद्यालयमा कक्षा नौमा अध्ययनरत सुजिता गुरुङलाई नगद पाँच हजार रुपैयाँ, स्कुल झोला, शैक्षिक सामग्री, स्कुल ड्रेस, खेलकुद ड्रेस, छाता, क्याल्कुलेटरलगायत सामग्री प्रदान गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

    “कार्यक्रम उद्घाटन गर्ने शैली नै मन प¥यो”, उनले भने– “शिक्षामा गरिएको सहयोग नै सबैभन्दा उत्तम सहयोग हो ।” सहयोग पाएपछि राष्ट्रिय मावि हात्तीबाङका प्रधानाध्यापक लोकबहादुर मगरले भने– “दूरदराजका विद्यार्थीका लागि यो सानो सहयोग नै ठूलो हुन्छ । उनीहरूमा नगद खर्च गरेर शैक्षिक सामग्री किन्ने ल्याकत हुँदैन । त्यसैले यसले ठूलो अर्थ राख्छ ।” त्यस्तै रानीखोलाका प्रधानाध्यापक अर्जुन मगरले ग्रामीण क्षेत्रका विद्यार्थीलाई हरेक सानो सहयोगको पनि अर्थ ठूलो हुने बताए । एक्सपर्ट एजुकेसन सन् २००३ मा स्थापना भएको हो । यसले स्थापनाको २२ वर्ष पूरा गरेको छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.