गैंडाकोट । नवलपुरको गैंडाकोटमा आज (आइतबार) ट्रक र स्कुटर ठोक्किदा दुई जनाको मृत्यु भएको छ । गैंडाकोटको खरकट्टा जंगलमा ना ५ ख ८४१७ नम्बरको सामान लोड गरेको ट्रक र लु ५५ प ३१३४ नम्बरको स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृतकको सनाखत हुन सकेको छैन । अहिले ट्रक मुनि दुई जना च्यापिएको अवस्थामा रहेकाले उद्धारको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।








