• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

लोडसेडिङ नेपालका लागि विगत भइसक्योः ऊर्जामन्त्री खड्का

  •   बुधबार, साउन २८, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लोडसेडिङ अब नेपालका लागि विगत भइसकेकाले यससम्बन्धी हल्ला निरर्थक भएको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले अस्थायी अवरोध प्रणालीगत सुधार र उत्पादनलाई तीव्रताकासाथ अगाडि बढाइएकाले अब लोडसेडिङ नहुने विश्वास व्यक्त गर्नुभयो । ऊर्जामन्त्री खड्काले भन्नुभयो, “नेपालले विद्युत् उत्पादन र बिक्री वितरणमा गरेको उपलब्धिका आधारमा स्पष्ट रूपमा भन्न सकिन्छ, लोडसेडिङ अब नेपालको विगतको विषय भइसक्यो । यसको पुनरावृद्धि कुनै सम्भावना देखिँदैन । अब, लोडसेडिङको कल्पना गर्नु पनि निरर्थक भइसकेको छ ।

    मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले पटक–पटक सार्वजनिक रूपमा स्पष्ट गरिरहेको छ, की हाल देशमा लोडसेडिङ छैन ।” मन्त्री खड्काले छिमेकी मुलुकमा विद्युत् निर्यात बढाउन दीर्घकालीन रणनीतिक कार्ययोजना तयार गरी कार्य गर्नुपर्ने आवश्यकता औंँल्याउनुभयो । देशभर हाल नियमित विद्युत् आपूर्ति भइसकेको र कतिपय स्थानमा देखिएका अस्थायी अवरोध प्रणालीगत सुधारमार्फत समाधान हुँदै आएको उहाँले उल्लेख गर्नुभयो । ऊर्जामन्त्री खड्काले आन्तरिक खपतपश्चात भारत र बङ्गलादेशमा बिक्री गरिरहेको र गतवर्ष मात्रै भारतमा २३ सय ८० गेगाबाट र बङ्गलादेशमा ३० गेगावाट विद्युत् निर्यात गरिएको जानकारी दिनुभयो ।

    उहाँका अनुसार हाल हाल रु १७ अर्ब ७२ करोड बराबरको विद्युत् निर्यात भइरहेको छ । साथै, रु १२ अर्ब ९२ करोड बराबरको जलविद्युत् आयात भइरहेको छ । नेपालले झण्डै रु पाँच अर्ब बराबरको मुनाफा लिइरहेको छ । मन्त्री खड्काका अनुसार आफूले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा देशको कूल विद्युत् जडित क्षमता करिब ३२ सय मेगावट रहेकामा हाल सो क्षमता बढेर झण्डै ३९ सय मेगावाड पुगेको छ । प्रतिव्यक्ति विद्युत् खपत चार सय युनिटबाट बढेर झण्डै चारसय ६० युनिट खपत भइरहेको उहाँले बताउनुभयो । मन्त्री खड्काले वर्तमान देशको अधिकतम विद्युत् माग करिब दुई हजार चार सय मेगावाट रहेको र वर्षायाममा विद्युत् उत्पादनको सो मागभन्दा बढी हुने बताउनुभयो ।

    उहाँले हालको अवस्थामा आन्तरिक विद्युत् खपतपश्चात नेपालले करिब नौ सय मेगावाट विद्युत् भारतबाट निर्यात भइरहेको र निकट भविष्यमा सो सङ्ख्या बढ्ने र अहिले झण्डै अहिले १२ सय मेगावाटको निर्यातका लागि अनुमति प्राप्त भइसकेको जानकारी दिनुभयो । त्यस्तै ४० मेगावाट विद्युत् बङ्गलादेश पनि निर्यात भइरहेको छ । आगामी दिनमा सो परिणाम बढाउँदै लैजाने तयारी छ । ऊर्जामन्त्री खड्काले सरकारको नेतृत्व वा मन्त्री परिवर्तन हुनु स्वभाविक लोकतान्त्रिक प्रक्रिया भए पनि सोका कारण हो ।

    मन्त्रालयले दीर्घकालीन ऊर्जा रणनीति, दिगो विकास लक्ष्य, पूर्व स्वीकृति राष्टिय योजनालगायत आयोजनासँग सम्बन्धित हुनेगरी नीति निर्माण तथा कार्यान्वयनलाई संस्थागत निरन्तरता दिँदै आएको उहााले बताउनुभयो । मन्त्री खड्काले ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमामा जस्तो पूर्वाधार विकासमा आवश्यक दीर्घकालीन र लगानी परिचालनका सन्दर्भमा नीतिगत स्थिरता, पारदर्शीता तथा संस्थागत निर्णय प्रक्रियाको पालना गरेर मन्त्रालय अगाडि बढेको स्पष्ट पार्नुभयो । उहाँले मुलुकका केही क्षेत्रबाहेक देशभर विद्युत् आपूर्ति सहज ढङ्गले भइरहेको जानकारी दिनुभयो ।रासस

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.