• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

विद्यालय शिक्षा ऐन बारे एमाले शिक्षा विभाग चितवनले गर्यो मन्त्री र पार्टीको ध्यानाकर्षण

  •   बुधबार, साउन २८, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेकपा एमाले चितवनको शिक्षा तथा मानव स्रोत विभागको नेतृत्वमा NNTA चितवनका शिक्षक नेताहरूको टोली शिक्षा विज्ञान तथा प्राविधि मन्त्रालय पुगी ध्यानाकर्षण गराएको छ। विगतमा शिक्षक आन्दोलनलाई सम्बोधन गर्ने गरी मन्त्रिपरिषदले गरेको नौ बुँदे नीतिगत निर्णयको अक्षरस कार्यान्वयन तथा शिक्षक मैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न टोलीले गम्भीर ध्यानाकर्षण गराएको हो। नेकपाएमाले शिक्षा तथा मानव स्रोत विभाग चितवनका प्रमुख नारायण प्रसाद पौडेलको नेतृत्वमा मन्त्रालय पुगेको उक्त टोलीले नेकपा एमाले शिक्षा तथा मानव स्रोत केन्द्रीय विभाग प्रमुख पार्वती रावलसँग भेटी उहाँकै समन्वयमा गहन विमर्श गरेको थियो।

    आवधिक बढुवा,बाल विकास र विद्यालय कर्मचारीका मुद्दा,सरुवा कार्यविधिको खारेजी,परीक्षण काल समाप्त भइसकेपछिको सहज सरुवा प्रावधान, राहत, उच्च मावि र अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्व लगायतका विषयमा गम्भीर ढङ्गले ऐनमा समावेश गरी तत्काल शिक्षा ऐन जारी गर्न विशेष अनुरोध गरिएको हो। उक्त भेटमा शिक्षामन्त्री रघुजीपन्तले जति सक्दो छिटो शिक्षा ऐन जारी गर्ने कुरामा सरकार प्रतिबद्ध रहेको र नौ बुँदे सहमति कार्यान्वयनमा गइसकेको बताउनु भएको थियो। उक्त टोलीले नेकपा एमालेका केन्द्रीय महासचिव शंकर पोखरेललाई भेटी पार्टीका तर्फबाट शिक्षक मैत्री विद्यालय शिक्षा ऐन ल्याउनका लागि पार्टीको विशेष पहल रहोस् भनि आग्रह गरेको थियो।

    चितवनको टोलीमा नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रदेश महासचिव पूर्णबहादुर पुरी, जिल्ला अध्यक्ष रामजी भण्डारी, उपाध्यक्ष दुर्गाकुमारी लामिछाने तथा जिल्ला सदस्य विपिन पाठक रहनुभएको थियो। उक्त टोलीले शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी तथा महासचिव तुलाबहादुर थापालाई समेत भेटी गम्भीर ढङ्गले पक्षीकरणका लागि लाग्न दबाब दिएको थियो। देशव्यापी रूपमा शिक्षक महासंघद्वारा गरिएको आन्दोलनले असार १५ गतेसम्म शिक्षा ऐन संसदमा दर्ता गर्ने सुनिश्चितता सहित नौ बुँदे सम्झौता गरेता पनि हालसम्म विद्यालय शिक्षा ऐन जारी भएको छैन। यही सन्दर्भमा विभागले गम्भीर दबाब र ध्यानाकर्षण गरेको हो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.