हेटौँडा। बागमती प्रदेशका भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दाबा दोर्जे लामालाई हेलिकप्टर मार्फत काठमाडौं लगिएको छ। कोरोना पुष्टि भई हेटौँडा-९ मा रहेको सरकारी निवासमा आराम गरिरहेका उनलाई असहज महसुस भएपछि मंगलबार बिहान नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौं लगिएको जनाइएको छ। मन्त्री लामालाई मंसिर ५ गते हेटौँडा -१० मा रहेको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको थियो।उनी हेम आइसोलेसनमा बसेका थिए। उनलाई थप उपचारका लागि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा लगाएको मन्त्रीको निजी सचिवालयले जनाएको छ।








