• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

अङ्कुरम्–अन्तरविद्यालय स्काउट रनिङ शिल्ड नृत्य प्रतियोगिता अरोमाको पोल्टामा शिल्ड : दोस्रो र तेस्रो भए न्यू होराइजन र ग्रीनल्याण्ड

  •   शनिबार, भदौ ०७, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीको आयोजनामा सम्पन्न अन्तरविद्यालय स्काउट रनिङ शिल्ड नृत्य प्रतियोगिताको पाँचौँ संस्करणको शिल्ड भरतपुर–१० स्थित अरोमा स्कुलले आफ्नो पोल्टामा पारेको छ ।

    १७६ अङ्क प्राप्त गर्दै अरोमाले शिल्ड आफ्नो पोल्टामा पारेको हो । ३५ वटा विद्यालयको सहभागितामा सम्पन्न प्रतियोगितामा अरोमा स्कुलका ज्योस्मिता रानामगर, अनुष्का अधिकारी, शायना अधिकारी, शिवानी राना प्रजा, अलिशा पाख्रिन, शाया जेमीमगर, दीपशिखा आलेमगर र अवनी सुवेदीको समूहले पहिलो स्थान हासिल गरेको हो ।

    त्यसैगरी, होराइजन इङ्लिस स्कुलले १७५ अङ्कसहित दोस्रो स्थान हासिल गरेको छ भने १७३ अङ्क ल्याई भरतपुर–१२ स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलले तेस्रो स्थान हासिल गरेको छ । प्रथम हुने अरोमाले नगद पुरस्कार १० हजारसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ भने दोस्रो र तेस्रो हुने होराइज र ग्रीनल्याण्ड पब्लिक स्कुलले क्रमशः सात हजार पाँच सय र पाँच हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका गरे । अरोमाले हात पारेको शिल्ड अर्को वर्षको हुने सातौँ संस्करणको विजेताले पाउने छन् । एकवर्षसम्म उक्त शिल्ड विजेतासँगै रहने प्रावधान छ ।

    भद्रकुमारी नेसनल बेसिक स्कुलले सर्वोत्कृष्ट प्रस्तुतीकरण र ज्ञानसुधा इङ्लिस स्कुलले बेस्ट कोरियोग्राफीको उपाधि जितेको प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यालयलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

    विगत पाँच वर्षदेखि अङ्कुरम् एकेडेमीको स्काउट ट्रुपद्वारा हरेक वर्ष हरितालिका तीजको अवसरमा निरन्तर आयोजना गर्दै आएको प्रतियोगितामा यसपटक लोक तथा दोहोरी गायिका सरिता गुरुङ, बिन खाती र टीकाराम ढकाल तीन जना सम्मिलित निर्णायक मण्डलले कुल ३०० अङ्कमा गरेको मूल्याङ्कनको आधारमा विजेता घोषित गरिएको थियो ।

    भरतपुर–७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्ले प्रमुखअथिति रहेको कार्यक्रममा नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक शिवप्रसाद बराल, स्थानीय स्काउट समिति भरतपुरका आयुक्त उपेन्द्र घिमिरे, प्रदेश युवा परिषद् बागमतीका अध्यक्ष गोविन्द पराजुली र चितवन स्मार्ट स्काउट क्रुका अध्यक्ष ईश्वर गुरुङ विशिष्ट अतिथि रहेका थिए ।

    विद्यालयका आवासीय निर्देशक नईम चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत तहप्रमुख अर्जुन जी शर्माले गरेका थिए भने विजेताहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण निर्णायकहरू, निर्देशक चौधरी, तहप्रमुख शर्मा र चितवन स्मार्ट क्रुका रोबर लिडर आकाश न्यौपानेले गरेका थिए ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.