हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले चाडवाड नजिकिदै जाँदा सार्वजनिक स्थान मनाइने जात्रा,मेला नमनाउनु अनुरोध गरेको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरका सुचना अधिकारी देवचन्द्र गडतौलाद्वारा जारी सुचनामा कोरोनाको जोखिम कायमै रहेकोले सार्वजनिक स्थानमा मनाइन मेला जात्रा जस्ता भिडभाड हुने कार्य नमनाउनु अनुरोध गरिएको हो।









