चितवन । प्रतिबन्धित नेकपा विप्लव समुहका एक जना कार्यकर्ता चितवनबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा रत्ननगर नगरपलिका वडा नं.११ बस्ने प्रकाशचन्द्र ढकाल रहेका छन् । मंसिर ७ गते विशेष सुचनाको आधारमा भरतपुर महानगरपालिका वडा नं। ६ बुद्धचोकबाट शंकास्पद अवस्थामा फेला पारी हंसिया हथौडा अंकित झण्डा ३ थान, सातौ पार्टि पुनर्गठन दिवश भव्य रुपमा मनाऔं लेखिएको ब्यानर, रसिद ठेली, पम्प्लेट, केही किताव तथा दस्ताबेज सहित पक्राउ गरिएको र म्याद अनुमति लिई थप अनुसन्धान भईरहेको चितवन प्रहरीले जानकारी दिएको छ ।








