काठमाण्डौ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक बसन्त बहादुर कुँवरले पाएका छन्। प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले प्रहरी वरिष्ठ उपरीक्षक बसन्त बहादुर कुँवरलाई प्रहरी प्रवक्ताको जिम्मेवारी दिएको हो। सचिवालयले बिहीबार उनलाई प्रवक्ता तोकेको हो। यस अघि प्रहरी प्रवक्ता रहेका यसअघि केन्द्रीय प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कुँवेर कडायतको प्रहरी युक्त तालिम महाविद्यालय जर्गाह, नवलपरासीमा सरूवा भएपछि जर्गाबाट सरुवा भएका कुँवरले प्रहरी प्रवक्ताको जिम्मेवारी पाएका हुन।








