• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

जेनजी आन्दोलनपछि गम्भीर चुक भयो- राप्रपा

  •   बिहिबार, असोज ०२, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जेनजी आन्दोलनपछि चुक भएको ठहर गरेको छ । बिहीबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यत्रो ठुलो विद्रोह र बलिदानी पछि कम्तिमा अन्तरिम सरकार, अन्तरिम संविधान र अन्तरिम संविधा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचनाको खारेजी, गैरदलीय स्थानीय तह जस्ता विषयहरूलाई टुङ्ग्याएर मात्रै अगाडि बढ्नुपर्नेमा यसमा गम्भीर चुक भएको ठहर गरेको छ । राप्रपाले जेनजी आन्दोलनपछि र त्यसपछि बनेको राजनीतिक परिदृश्य बारे ८ बुँदे निर्णय गरेको छ ।

    राप्रपाले अन्तरिम संविधानमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, प्रदेश संरचनाको खारेजी र गैरदलीय स्थानीय तह जस्ता विषयमा तत्काल पहल आवश्यक रहेको ठहर गरेको छ। साथै, जेनजी विद्रोहले वर्तमान संविधान र व्यवस्थाको असफलता पुनः प्रमाणित भएको भन्दै असफल संविधानबाट मुलुकलाई अघि बढाउने प्रयास मुलुकलाई थप संकटतर्फ धकेल्ने चेतावनी दिएको छ ।

    राप्रपाका निर्णयहरु: 

    जेनजी आन्दोलनका सम्बन्धमाः

    १. जेनजी आन्दोलनको क्रममा भएको अकल्पनीय र अपुरणीय धनजनको क्षतिप्रति राप्रपा गहिरो दुःख व्यक्त गर्दछ। यस क्रममा सहादत प्राप्त सबैप्रति हार्दिक श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ । आन्दोलनका क्रममा सार्वजनिक संस्थाहरु, उद्यमी, व्यवसायिक प्रतिष्ठान, विभिन्न व्यक्तिहरुको निजी सम्पत्ति तथा राप्रपाका नेता, कार्यकर्ताहरुको सम्पत्तिमा भएको आगजनी तथा तोडफोडको घटनामा दुःख व्यक्त गर्दछ ।

    २. आन्दोलनमा मृत्यु भएका परिवारलाई घोषित सहायता तत्काल पुर्याउन, घाइतेको उपचार, गम्भिर घाईतेहरुलाई उपचार र अशक्तताका आधारमा सुविधा तथा क्षतिग्रस्त भौतिक संरचनाको मुल्यांकन गरी शीघ्र बीमा लगायतका सुविधा उपलब्ध गराउन र उचित क्षतिपुर्तिको व्यवस्था गर्न सरकारसंग राप्रपा माग गर्दछ ।

    ३. भदौ २३ र २४ गतेको ऐतिहासिक जेनजी आन्दोलन र त्यसपछि गठित अन्तरिम सरकारप्रति सरकारले लिने निर्णय र चाल्ने कदमका आधारमा राप्रपाले सतर्कतापूर्वक आफ्नो दृष्टिकोण तय गर्दै जानेछ।

    ४. भ्रष्टाचारीहरूलाई र जेनजी आन्दोलनका नरसंहारकर्ताहरूलाई कडा कारवाही हुनु पर्दछ भन्ने राप्रपाको स्पष्ट धारणा छ। कारवाही भएन र फगत सरकार परिवर्तन मात्रै भयो भने यत्रो ठूलो बलिदानको घोर अपमान हुनेछ, यस्तो काम त कांग्रेस एमाले माओवादी संलग्न सरकार आफैंले विगतमा गर्दै आएकै थिए ।

    ५. जेनजीहरूको आन्दोलन मूलरूपमा भ्रष्टाचारको विरुद्ध थियो । भ्रष्टाचार विरुद्धको कुरा गर्दा राप्रपा स्पष्ट छ कि समस्या नेतृत्वमा मात्र होइन अहिलेको व्यवस्थामै छ । जबसम्म भ्रष्टाचारका जगको रुपमा रहेको निर्वाचन प्रणाली, राज्य संरचना, संवैधानिक अंग लगायतका नियुक्ति प्रणाली जस्ता विषयहरुमा प्रहार हुँदैन अन्य प्रयत्नले मात्र भ्रष्टाचार अन्त्यमा तात्विक प्रभाव पार्दैन । जेनजीको ठूलो विद्रोह र बलिदानपछि आन्दोलनका नेतृत्वकर्ताहरूले फगत एकथान सरकार निर्माणमा हतार गर्नुको बदला भ्रष्टाचारको जरोमै प्रहार गर्नुपर्ने थियो भन्ने पार्टीको दृष्टिकोण रहेको छ ।

    ६. यत्रो ठुलो विद्रोह र बलिदानी पछि कम्तिमा अन्तरिम सरकार, अन्तरिम संविधान र अन्तरिम संविधा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचनाको खारेजी, गैरदलीय स्थानीय तह जस्ता विषयहरूलाई टुङ्ग्याएर मात्रै अगाडि बढ्नुपर्थ्यो। यसमा गम्भीर चुक भयो भन्ने राप्रपाको धारणा छ। ७. राप्रपाले लामो समयदेखि वर्तमान नेतृत्व र उसले ल्याएको व्यवस्था असफल भइसकेको उदघोष गर्दै आएको परिप्रेक्षमा हालै भएको विद्रोहले त्यसलाई थप पुष्टि गरेको छ । असफल भएको संविधानबाटै कुनै पनि बहानामा मुलुकलाई अघि बढाउने चेष्टा गर्नु मुलुकलाई नै असफल बाटोमा धकेल्नु हो भन्ने हाम्रो स्पष्ट धारणा छ ।

    ८- त्यसैले, अब भविष्यमा देशमा थप धनजनको क्षति हुन नदिन, देशलाई दीर्घकालीन द्वन्दमा जानबाट जोगाउन, भूराजनीतिक चक्रव्युह र वैदेशिक हस्तक्षेपबाट देशलाई जोगाएर नेपालको निर्णायकत्व नेपाली जनताको हातमा राख्न सबै राजनीतिक शक्तिहरूका बीचमा नविन समझदारी अत्यावश्यक छ ।

    त्यस क्रममा,

    नेपालका तीन महत्वपूर्ण आन्दोलनको उपलब्धिहरु २००७ सालको प्रजातन्त्र, २०४६ सालको बहुदलीय व्यवस्था र २०६२/६३ को समावेशी समानुपातिकताको रक्षा गर्दै निम्नानुसारका व्यवस्था सहितको नविन समझदारी गरेर कोही कसैले पनि आफुलाई पाखा परेको महसुस नगर्ने मौलिक व्यवस्था आजको आवश्यकता हो र यसले मात्र मुलुकले चिरकालसम्म द्वन्द्व व्यहोर्नु नपर्ने भरपर्दो समाधान हो भन्ने हाम्रो धारणा रहेको छ ।

    राप्रपाले,

    क) जेनजी विद्रोहका दमनकारीहरुलाई तत्काल कारबाहीको माग गर्दछ ।

    ख) २०४६ पछिका सबै उच्च पदस्थ नेता, कर्मचारी र तिनका आफन्तहरूको समेत सम्पत्ति छानबिनको माग गर्दछ ।

    ग) प्रदेश संरचनाको अबिलम्ब खारेजीको माग गर्दछ ।

    घ) पूर्ण समानुपातिक संसद र सांसदले मन्त्री हुन नपाउने व्यवस्थाको माग गर्दछ ।

    ङ) स्थानीय तह गैरदलीय हुनुपर्ने व्यवस्थाको पक्षमा राप्रपा रहेको छ।

    च) जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था हुनुपर्दछ । छ) प्रधानमन्त्री दुई कार्यकाल भन्दा बढी हुन नपाउने व्यवस्था गरिनुपर्दछ । ज) अविभावकीय संस्थाका रुपमा राजसंस्था कायम हुनुपर्दछ ।

    झ) पुर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन हिन्दूराष्ट्र कायम हुनुपर्दछ । (ञ) संवैधानिक अंगहरुमा स्वतन्त्र र निष्पक्ष नियुक्तिको सुनिश्चितता गरिनुपर्दछ ।

    जेनजी विद्रोह पछिको परिवर्तनलाई विगतका गल्ती कमीकमजोरीलाई सच्याउने, देश बनाउने, भ्रष्टाचारको सदाका लागि अन्त्य गर्ने अवसरका रुपमा उपयोग गर्न राप्रपा सबैलाई अनुरोध गर्दछ । राप्रपा सदैव जेनजीको चाहना बमोजिमको भ्रष्टाचाररहित समृद्ध र सनातन संस्कृति सहितको नेपालको पक्षमा दृढ छ ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.