काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोलामा २ सय रुपैयाँले घटेर ९१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९० हजार ८ सय रुपैयाँ रहेको छ ।आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर एक हजार १ सय ६५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








