काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ८ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ । डीआईजीसँगै एकजना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को पनि सरुवा गरिएको छ । बिहीबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मन्त्रिस्तरीय निर्णय गर्दै ८ डीआईजी र १ जना एसएसपीको सरुवा गरेको हो ।









