हेटौँडा । वडा प्रहरी कार्यालय हेटौँडाले बरामद गरेको २०५ लिटर घरेलु मदिरा पोखेर नष्ट गरेको छ। वडा प्रहरी कार्यालय हेटौडाबाट खटिएका प्रहरी गस्ती टोलिले हेटौंडा उपमहानगरपालिकाको बिभिन्न स्थानबाट बिभिन्न मितिमा बेवारिसे अबस्थामा बरामद गरेको अबैध घरेलु मदिरा २०५ लिटर शुक्रबार बिहान पोखेर नष्ट गरेको हो। वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्ट सहित स्थानिय भद्रभलाद्मि,जनप्रतिनिधी र पत्रकारको रोहवरमा हेटौंडा ५ भैरवरोड स्थितमा रहेको खालि जमिनमा खाल्डो खनि सार्बजनिक रुपमा नष्ट गरेको वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्टले बताएका छन्।








