• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

पिसिआर परिक्षणमा बिरामी ठग्दै पुरोनो मेडिकल कलेज

  •   शनिबार, मङि्सर १३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्लामा रहेको पहिलो मेडिकल कलेज । पुरानो मेडिकल कलेजले पिसिआर परिक्षणको नाममा बिरामीहरुलाई ठग्ने गरेको पाईएको छ । मेडिकल सिटिको रुपमा बिकास हुँदै आएको यस जिल्लामा रहेका निजी अस्पतालहरुले बिरामी र बिरामीका आफन्तलाई ठग्दै आएको गुनासो यस अघि पनि नआएको होईन । तर सरकारले तोकेको रकम भन्दा ५० प्रतिशत वढि शुल्क लिएर कलेजले पिसिआर परिक्षणका लागि पठाउने गरेको पाईएको छ । यस कलेजमा उपचारका लागि आएका बिरामीहरुको पिसिआर परिक्षण गर्दा रु ३ हजार लिने गरेको पाईएको छ । यध्यपि सरकारले रु २ हजार भन्दा माथि शुल्क लिन नपाउने निर्णय गरेको छ । यस अस्पतालमा आफ्नो प्रयोगशाला नभए पनि पिसिआर परिक्षणका लागि काठमाडौंमा रहेको स्टार हस्पिटलमा परिक्षणका लागि पठाउने गरेको छ । यस कलेजबाट करिब २ किलोमिटरको पेरि फेरीमा जिल्लामा तीन वटा कोरोना परिक्षण गर्ने पिसिआर प्रयोगशाला संञ्चालनमा रहेका छन् । तर यहाँका प्रयोगशालामा बिरामीको नमुना नपठाई कमिसनको चक्कर लागेर काठमाडौं पठाउने गरेको पाईएको हो । सरकारले सरकारी अस्पतालले सञ्चालन गरेको प्रयोगशालामा निशुल्क परिक्षणको व्यवस्था गरेको छ । तर यस कलेजले बिरामी संग स्वाब संकलन गर्ने भाँडो (भिटिएम) र यातायात खर्च भनेर रु १ हजार र पिसिआर परिक्षण खर्च भनेर रु २ हजार लिने गरेको पाईएको हो । सरकारले भिटिएमको खर्च बिरामी संग लिन नपाउने भनेको छ । तर यस कलेजले भने आँखा अगाडीनै भिटिएम चार्ज लिने गरेको पाइए पनि स्थानीय प्रशासन मुखदर्शक वनेर वसेको छ । यती मात्रै होईन पिसिआर परिक्षणका लागि रकम लिई सके पछि कलेजले बिरामीलाई बिल समेत नदिने गरेको सेवाग्राहीको गुनासो छ । यस विषयमा अस्पतालका आवासिय निर्देशक डा. मनोहर प्रधान काठमाडौंको स्टार हस्पिटलले रु २ हजार ४ सय पिसिआर परिक्षण शुल्क लिने र रु ६ सय यातायात खर्च स्वरुप लिईएको वताउनुभयो । बिलको बिषयमा बिरामीको अधिकार भएकाले सहज उपलव्ध गराउँदै आईएको उहाँको भनाई थियो । भारतीय नागरिकद्धारा संञ्चालिय यस अस्पतालले कोरोना सङ्क्रमणका कारण मृत्यु भएका बिरामीहरुको शुल्क नतिरेको भन्दै लामो समय सम्म शव व्यवस्थापन गर्न नदिने गरेको समेत गुनासो आउन थालेको छ ।
    सरकारले पिसिआर परिक्षणका लागि तोकेको शुल्क भन्दा वढि लिने जो कोहीलाई पनि कालोवजारी ऐन अन्तर्गत कारवाही हुने चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिनुभयो । अहिले सम्म दुई वटा अस्पतालको नाममा उजुरी परेको र कारवाही गरिएको भन्दै उहाँले अन्यलाई पनि कारवाहिको दायरामा ल्याईने बताउनुभयो ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.