• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

कालिकामा मदन भण्डारी फाउण्डेशन र स्पोर्टस् एकेडेमीको नगर कमिटी घोषणा

  •   शनिबार, मङि्सर १३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कालिका नगरपालिकामा मदन भण्डारी फाउण्डेशन र स्पोर्टस् एकेडेमी नगर कमिटी घोषणा गरिएको छ । आज (शनिबार) कालिकामा आयोजित कार्यक्रममा १०१ सदस्यीय फाउण्डेशन र १०१ सदस्यीय स्पोर्टस् एकेडेमी नगर कमिटी घोषणा गरिएको हो । मदन भण्डारी फाउण्डेशन नगर कमिटीको अध्यक्षमा केशव लामा रहनु भएको छ । समितिका उपाध्यक्षहरुमा लक्ष्मी पौडेल, भोजराज थपलिया र ज्योति सुनार रहनु भएको छ भने सचिवमा सिपी अधिकारी, कोषाध्यक्षमा विमला लामा र सहसचिवमा महेशकुमार श्रेष्ठ चयन हुनु भएको छ । यस्तै मदन भण्डारी स्पोर्टस् एकेडेमी कालिका नगर कमिटीका अध्यक्षमा पूर्ण महतो, उपाध्यक्षमा नगेन्द्र गिरी, लोकराज चालिसे, नविन थापा, प्रेम थापा र कमल रिजाल, सचिवमा युवराज कामना गुरुङ, सहसचिवमा निमा दोर्जे तामाङ (अनिल), कोषाध्यक्षमा पल्लवी अधिकारी र सहकोषाध्यक्षमा रमेश सिंखडा रहनु भएको छ । दुवै समितिद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रमलाई बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगलले सम्बोधन गर्नुभयो । सो अवसरमा उहाँले केपी ओली, माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरु जनताको बहुदलीय जनवाद (जबज) को बाटोमा हिँडेको बताउनुभयो । उहाँले कम्युनिष्ट पार्टीले बहुदलीय प्रतिस्पर्धाबाट जनताको मन जितेर सत्तामा जाने नीति जबजले नै लिएको बताउँदै भन्नुभयो “जबजको बाटोमा हिँड्ने तर त्यो बाटोमा हिँडेको छु भन्न डराउने प्रवृत्ति छ ।” लोकतन्त्रमा यो विषयमा बोल्न पाईन्छ र यो विषयमा बोल्न पाईदैन भन्ने नमिल्ने बताउँदै मन्त्री ढुंगेलले भन्नुभयो “फाउण्डेशनमा जबजको बारेमा बहस गर्न कसैले रोक्न मिल्दैन ।” मदन भण्डारी फाउण्डेशन विद्यालय भएको बताउँदै उहाँले भन्नुभयो “नेपालको कम्युनिष्ट आन्दोलनको बाटो जबज बाहेक अरु छैन ।” युवाहरु राजनीतिसँगै व्यवसायमा पनि अग्रसर हुनुपर्ने बताउँदै मन्त्री ढुंगेलले भन्नुभयो “एउटा हातमा राजनीतिक झण्डा र अर्काे हातमा उद्यम रोजगारीको झण्डा बोकेर अगाडि बढ्नुपर्छ ।” राजनीतिसँगै व्यवसायिकतातर्फ नजाने हो भने समाजवादको बाटोमा अगाडि बढ्न नसकिने उहाँको भनाई थियो । कार्यक्रममा प्रदेश सभासद् विजय सुवेदी, फाउण्डेशन जिल्ला बरिष्ठ उपाध्यक्ष शम्भु सुवेदी, सचिव श्याम बिष्ट, फाउण्डेशन १ नम्बर क्षेत्रीय समिति सल्लाहकार यादव पाठक, फाउण्डेशनका जिल्ला सदस्य तथा कालिका वडा नं. ३ का वडाअध्यक्ष टिकाराज रिजाल, मदन भण्डारी स्पोर्टस् एकेडेमी कालिका नगर कमिटी सचिव युवराज गुरुङ लगायतले बोल्नु भएको थियो । नगर अध्यक्ष केशव लामाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मण पौडेलले स्वागत गर्नुभएको थियो भने सचिव सिपी अधिकारीले सञ्चालन गर्नुभएको थियो । सो अवसरमा नवगठित दुवै समितिका पदाधिकारी तथा सदस्यहरुलाई जिल्ला सचिव श्याम बिष्टले शपथग्रहण गराउनु भएको थियो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.