• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. बिचौलियाको मारमा किसान

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

कक्षा १२ को परीक्षामा अनियमितता

  •   आइतबार, मङि्सर १४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । कोरोना महामारीको संकटका बिच नै अहिले मंसिर ९ गतेदेखि कक्षा १२ को परीक्षा संञ्चालन भइरहेको छ । बैशाखमा हुने भनिएको कक्षा १२ को परीक्षा कोरोना भाइरसका कारण स्थगित हुन पुगेको थियो । महामारी कहिलेसम्म भइरहने टुङ्गो नभएपछि पनिकाले परीक्षा मिति सार्वजनिक गर्यो । कक्षा १२ को परीक्षामा व्यापक मात्रामा अनियमितता भएको भन्दै अहिले एकदमै धेरै ट्रोलहरु बनेका छन् । केही दिन अघिमात्र परीक्षा केन्द्रमै परीक्षा दिइरहँदा टिकटक बनाएको र मोबाईलबाट चिट हेरेका केही सामाग्रीहरु सार्वजनिक भएका थिए । बुटवलका एक शिक्षकका अनुसार फिजिक्सको परीक्षा हुनुभन्दा १३ घण्टा अगाडी नै प्रश्नपत्र बाहिरिएर विद्यार्थीको फेसबुक ग्रुपमा आइसकेको थियो । यसबारेमा आजको नयाँ पत्रिकाले खबर पनि छापेको छ । नयाँ पत्रिकाले छापेको उक्त जानकारीअनुसार बुटवलमा अघिल्लो साँझ ७ बजे केही व्यक्तिमाझ प्रश्नपत्र पुगेको थियो । भोलिपल्ट पेपर पाएपछि शिक्षकहरुले सामाजिक संञ्जालमा आएको र परिक्षाको लागि मेलमा पठाएको पेपर एकै भएको देखेपछि तत्काल पनिकालाई जानकारी गराएका थिए । परीक्षा बोर्डका अधिकारीले गल्ती स्वीकार नगरी उल्टै शिक्षकलाई प्रहरी लगाएर समात्ने धम्की दिएपछि कुरा सेलायो । यसबारेमा राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिब, परीक्षा उपनियन्त्रक र प्रवेश परीक्षा कार्यलय प्रमुख पूर्ण जानकार रहेको उनी बताउँछन् । परीक्षा केन्द्रमा टिकटक बनाउनु र मोबाइलबाट चिट चोर्नुमा परीक्षा केन्द्रहरुकै ठूलो गल्ती देखिन्छ । परीक्षा केन्द्रहरु होम सेन्टर नै भएका कारण विद्यार्थीहरुलाई शिक्षकले खुलमखुल्ला छोडेकै कारण यस्तो ज्यादती बढेको प्रष्ट रुपमा देखिन्छ । यसरी लापरबाही ढंगले परीक्षा दिन लगाउने यही हो त हाम्रो शिक्षा प्रणाली ? छिट्टै नै त्रिभुवन विश्वविद्यालयको परीक्षा पनि हुने तयारीमा रहेको छ । त्रिविले परीक्षा मिति सार्वजनिक गरिरहँदा आम विद्यार्थीहरु अहिले परीक्षाको तयारीमा जुटेका छन् । कक्षा १२ मा भएको यस्तो अनियमितताले गर्दा स्नातक तहका विद्यार्थीहरुको मनोविज्ञानमा पनि यसले प्रभाव पार्न सक्छ । परीक्षा केन्द्रहरु जहाँ नै परेपनि यसरी भएको गरिएको अनियमितताले देशले दक्ष जनशक्ति चिन्न मुश्किल हुनेछ । कोरोनाले गर्दा धेरै मानिसहरु रोजगारविहीन भएका छन् । देशमा रोजगारीको अवस्था एकदमै नाजुक छ । राम्रो श्रेणी ल्याएर अध्ययनमा अब्बल भएकाहरुलाई पनि रोजगारी गौण रुपमा मात्र पाइन्छ । अब परिक्षा केन्द्रहरुमा यसरी प्रश्नपत्र बहिराइदिँदा विद्यार्थीहरुको फेसबुकको ग्रुपमा पुग्दा कस्ता जनशक्ति उत्पादन होलान् ? विभिन्न विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको पनि धारणा यही रहेको छ । काभ्रेको सर्बमंगला उच्च माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययन गर्ने सबिना घिमिरे बताउँछिन् , “पढेर अध्ययन गरेर राम्रो अंक ल्याउने विद्यार्थीलाई यसरी प्रश्नपत्र पहिलै पाएर परीक्षा दिएका विद्यार्थी सरकारले कसरी चिन्न सक्छ ? चिन्नमा समस्या हुने र प्रश्नपत्र बाहिरिएर मोबाइलको चिट सारेकै भरमा राम्रो अंक ल्याउनेले अवसर पाउन सक्नेछन् । यसो हुँदा हामी दिनरात नभनी अध्ययन गरेर राम्रो अंक ल्याउनेले अवसर नै नपाइने पो हो की भन्ने डर रहेको पनि घिमिरे बताउँछिन् ।’ यसवर्ष कक्षा १२ को परीक्षा फारम भरेका सबै माध्यमिक विद्यालयहरुमा परिक्षा केन्द्रहरु बनाइएको थियो । देशभरमा १२ को परीक्षाको लागि चार हजार एक सय पाँच परीक्षा केन्द्र कायम भएका हुँन् । सरकारले विद्यार्थीहरुकै सहजतालई मध्यनजर गरेर आफैँले पढेको विद्यालयमा गएर परीक्षा दिन सम्भव नभएमा विद्यार्थी जहाँ रहेका छन् त्यही जिल्लाको नजिकको विद्यालयमा परीक्षा लिने व्यवस्था गरेको थियो । भने काठमाडौँ उपत्यका भित्रका जिल्लामा विद्यार्थी आफैले पढेका विद्यालयहरुमा परीक्षा दिन आउनुपर्ने व्यवस्था गरेको थियो । बोर्डले परीक्षा दिनका लागि प्रवेशपत्र अनिवार्य गरेको छ । कक्षा १२ मा ४ लाख ३३ हजार ६ सय परीक्षर्थी सामेल भएका छन् ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      बिचौलियाको मारमा किसान

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.