काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोलामा ६ सय रुपैयाँले घटेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९० हजार २ सय रुपैयाँ रहेको छ । आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेर एक हजार १ सय ५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








