चितवन । चितवनको खैरहनीमा मोटरसाइकल दुर्घटनमा परेर एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गयराती खैरहनी नगरपालिका २ जनजिवन टोलस्थित भित्री सडकमा बागमती प्रदेश ०३ ००५ प ४३०२ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटनामा परेको हो ।
दुर्घटनामा परिचय नखुलेका अन्दाजी २२ २३ वर्षका युबक घाइते भएका थिए । टाउकोमा गम्भिर चोट लागेको उनको भरतपुर अस्पतालमा उपचारका क्रममा राती १ः१३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।








