मकवानपुरको मनहरी गाउँपालिकाले लैङिगक हिँसा विरुद्ध १६ दिने अभियान कार्यक्रमको आयोजना गरिएको छ । लैंगिक हिँसा अन्त्यको प्रतिबद्धता,व्यक्ति समाज र एक्यबद्धता भन्ने मूल नाराका साथ विभिन्न संघसंस्थाको सहकार्यमा मनहरी गाउँपालिकाको वडा वडामा यो अभियान शुरु गरेको हो । आज मनहरी गाउँपालिका वडा नम्बर ८ को वडा कार्यालयमा सम्पन्न भएको छ । कार्यक्रममा वडा अध्यक्ष दिल बहादुर स्याङतानले हुने लैङिगक हिंसा विरुद्ध आ–आफ्नो ठाउँबाट सबैले लाग्नु पर्नेमा जोड दिनु भयो । हिंसा न्युनिकरणमा आफ ुर आफ्नो टिम सधैब लाग्ने प्रतिवद्धता जनाउनु भयो । जनचेतना मुलक कार्यक्रम बाट यस्ता हिंसा सामाधान हुनेमा उहाँको भनाई रहेको थियो ।वडाका महिला तथा वालवालिका,विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको कार्यक्रममा मनहरी गाउँपालिकाकी महिला तथा वालवालिका शाखा प्रमुख शान्ति अधिकारीले लिङ्गका आधारमा हुने हिंसा विश्वका धेरै समाजमा प्राचिनकाल देखि नै समस्या को रूपमा देखिदै आएको छ र लिंगका आधारमा हुने हिंसा भन्ने बित्तिकै महिला हिंसा भन्ने बुझ्ने प्रचलन सामान्य जनजिवनमा भएपनि महिला वा पुरूष वा तेस्रो लिङ्गि भएकै आधारमा पेशा,अध्ययन, कार्यस्थल,परिवार तथा समाजमा वा कुनै पनि ठाउँमा घृणा गर्नु, कूटपिट गर्नु, यौनजन्य दुराचार, डरत्रास,धम्कि दिनु,पारिश्रम नदिनु वा कम दिनु,अश्लील शव्द बोन्नु,अश्लील फोटो देखाउनु आदि हिँसा जन्य क्रियाकलाप हरु न्यूनीकरण गर्नु नै यस कार्यक्रमको उद्देस्य रहेको बताउनु भयो ।पालिकाले यस अघि विभिन्न वडामा लैङिगक हिँसा विरुद्ध १६ दिने अभियान वडा नम्बर १, २, ५, ८, ९ मा कार्यक्रम सम्पन्न गरिसकेको छ । भने सो कार्यक्रमा वडाका सदस्य राम प्रसाद ढकाल, अम्बिका परियार, शान्ति फाउण्डेशनका सिता गुरुङ,मकावानपुर महिला संघका सामाजिक परिचालक मनिशा पुडाशैनी लगायतको उपस्थित रहेको थियो । महिला हिंसा विरुद्धको १६ दिने अभियान विश्वभर मनाउन थालिएको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको १६ दिनलाई महिलामाथि हुने हिंसा विरुद्धको अन्र्तराष्टिय दिवसको रुपमा विश्वभर मनाउने गरिन्छ । महिला हिंसा विरुद्धको १६ दिने अभियानको पृष्ठभुमीलाई हेर्दा सन् १९६० मा डोमिनिकन गणतन्त्रको तात्कालिन त्रुजिलो तानाशाही सरकारले मिरावेल परिवारका तीन राजनीतिक कार्यकर्ता दिदीवहिनीलाई निर्मम तरिकाले गरेको हत्यालाई महिलामाथि हुने राजनीतिक हिंसा वा महिला माथि हुने हिंसाको रुपमा लिएर महिलावादिहरुले तिनै ३ दिदिवहिनी पेटिया, मिनर्भा र मारियाको सम्झनामा विभिन्न कार्यक्रम गर्दै यो दिवस मनाउन शुरु गरेको पाइन्छ । यो १६ दिने अभियान महिलाहिंसा विरुद्ध आवाज उठाउने त्यस्ता साहसी महिलाहरुलाई सम्मान गर्ने, उनीहरुको हिंसा विरुद्धको प्रतिरोधलाई ऐक्यवद्धता जनाउने उत्सवका रुपमा लिने थलोको रुपमा समेत विकसित भएको छ । “ लैंगिक हिँसा अन्त्यको प्रतिबद्धता,व्यक्ति समाज र एक्यबद्धता” भन्ने राष्ट्रिय नाराका साथ महिला हिंसा विरुद्धको १६ दिने अभियान संसारभर मनाउन लागिएको छ । महिलामाथि हुने हिंसा मानवअधिकारको हनन् हो अपराध हो भन्ने कुरा अझै सम्म पनि स्थापित हुन सकिरहेको छैन । महिला माथि हुने हिंसा क्षम्य छैन भनी नेपाल भरिका महिलाहरुले एकजुट भएर अधिकारका लागि विभिन्न आन्दोलनहरु अघिवढाई रहेका छन् । संसारको इतिहासलाई हेर्ने हो भने धेरै पटक धेरै राष्ट्रमा विभेदका विरुद्ध, भेदभावका विरुद्ध वा राजनीतिक परिर्वतनका निमित्त थुप्रै आन्दोलनहरु भएका छन् । यस्ता आन्दोलनहरुमा सदैव महिलाहरुले नै निर्णायक भुमिका खेलेको सत्य हाम्रा सामु छ । महिलाहरुले गरेको यो योगदानलाई विश्वमा नै कदर हुन सकिरहेको छैन । जसको फलस्वरुपमा महिलाहरुले अझैपनि धेरै देशहरुमा भेदभाव विना सम्मानित र हिंसामुक्त जीवना बाँच्न पाइरहेका छैनन् । सामाजिक मुल्यमान्यताका नाममा महिला र पुरुषवीच स्थापित शक्ति संवन्धलाई वेवास्ता गर्दै महिलाहरुलाई राज्यको दोस्रो नागरिकका रुपमा व्यवहार गरिरहिएको छ । उनीहरुलाई स्रोत र साधनको पहुँच भन्दा निकै टाढा राखिएको छ । नेपालको संन्दर्भलाई हेर्ने हो भने लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि लाखौं नेपाली महिलाहरुले थुप्रै त्याग र वलिदान गरेका छन् । ६२/६३ को आन्दोलन मात्रै हैन नेपालका हरेक राजनीतिक परिवर्तनहरुमा महिलाहरुले निर्णायक भुमिका निर्वाह गरेका छन् । आफ्ना ज्यानलाई जोखिममा राखेर कति महिलाहरु प्रत्यक्ष रुपमा परिवर्तनका लागि लागेका थिएभने कति महिलाहरुले अप्रत्यक्ष रुपमा ठूलो सहयोग पुर्याएका थिए । महिलाहरुको यही निरन्तर आन्दोलनको प्रतिफल स्वरुप नेपालले राष्ट्र प्रमुख र सभामुखमा महिलाहरुले जिम्मेवारी पाउने अवसर प्राप्त भईसकेको छ । यो महिला आन्दोलनको ठूलो उपलब्धी हो । १६ दिने अभियान मात्रै महिलामाथि हुने हिंसाको विषयलाई ध्यानकर्षण गराउने दिनमात्रै बनेको छ । यो १६ दिनमात्रै काम गरेर वा कुरा गरेर महिला माथि हुने हिंसा न्युनिकरण हुन सक्दैन । हरेक दिन, हरेक समय र हरेक पल हामीले यसका विरुद्ध कुरा गर्यौं भने मात्रै केही उपलब्धी हासिल गर्न सकिन्छ । त्यसैले यो लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा हामी सबैले प्रतिबद्धत्ता गरौं “म हिंसा गर्दिन, म हिंसा सहन्न, म हिंसा भएको देखे भने प्रतिवाद गर्छु ।” भन्ने संकल्प सबैले गर्न जरुरी छ ।








