• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

एसओएसद्धारा विपन्नलाई जीविकोपार्जन कार्यक्रम अन्तर्गत ३५ लाख

  •   आइतबार, मङि्सर १४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पारिवारिक हेरचाह गुमाएका बालबालिकाको शिक्षादीक्षा र पालनपोषणमा विगत ४६ वर्षदेखि सक्रिय नेपालको सामाजिक संस्था एसओएस बालग्राम नेपाल चितवनले आइतबार भब्य कार्यक्रमबीच परिवार सबलीकरण कार्यक्रम सम्पन्न गरेको छ । सिमान्तकृत एवं विपन्न परिवार र तिनका बालबालिकालाई विभिन्न सहयोग प्रदान गर्दै बालग्रामले परिवार सबलीकरण कार्यक्रम मनाएको हो । कार्यक्रममार्फत सिमान्तकृत एवं विपन्न परिवारलाई ३५ लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी सहयोग गरेको बालग्रामका राष्ट्रिय निर्देशक भोला पौडेलले बताउनु भयो । भरतपुर महानगर प्रमुख रेनु दाहालले ती सबै सहयोग लक्षित ब्यक्तिलाई वितरण गर्नु भयो । महानगर प्रमुख रेनु दाहालको संकल्पबाट जन्मिएर महानगरले संचालन गरेको सिमान्तकृत एवं विपन्न परिवारका छात्राका लागि साइकल वितरण कार्यक्रमबाट प्रभावित भएर बालग्रामले समेत आफ्ना विद्यार्थीका लागि १६३ वटा साइकल वितरण गर्नेदेखि अरु धेरै कार्यक्रम गरेको पौडेलको भनाई छ । कार्यक्रम अन्तर्गत सिमान्तकृत एवं विपन्न परिवारका बालबालिकाको लागि १६३ थान साइकल, २० बालबालिकाको लागि ट्याब्लेट, १०५ बालबालिकाको लागि शैक्षिक सामग्री, ७० परिवारलाई प्रतिपरिवार ४ हजार ५ सय रुपैयाँ बराबरको खाद्यान्न वितरण, जीविकोपार्जन कार्यक्रम अन्तर्गत २० परिवारको लागि घुम्ती ठेला पसल, गाईपालन फलफुल पसल, टेलरिङ लगायतका विभिन्न उद्यम गर्नका लागि प्रत्येक परिवारलाई ५० हजारका दरले नगद वितरण गरिएको थियो ।
    जीविकोपार्जन कार्यक्रम अन्तर्गत नै सिमान्तकृत एवं विपन्न २० परिवारको लागि प्रति परिवार १५ देखि २० हजारसम्मको बाख्रा र सिलाई मेसिन वितरण, रोजगारमुलक कार्यक्रम अन्तर्गत सिमान्तकृत एवं विपन्न परिवारका ५ युवालाई प्रति युवा ७० हजारका दरले सिलाई कटाई, ब्युटीपार्लर तथा होटल ब्यवस्थापन तालिम, विपन्न ५० परिवारका लागि स्वास्थ्य बिमा कार्यक्रम, श्री मावि गौरीगन्जलाई स्वास्थ्य सामग्री र भरतपुर महानगर वडा नम्बर ८ लाई कोभिड ब्यवस्थापन कोषका लागि १ लाख रुपैयाँ पनि हस्तान्तरण गरेको एसओएस बालग्रामका नायब निर्देशक राजेन्द्र लम्सालले बताउनु भयो । कार्यक्रमा बोल्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएको भरतपुर महानगर प्रमुख रेनु दाहालले एसओएस बालग्राम महानगरको गहना भएको बताउनु भयो । आगामी दिनमा यसको संरक्षण र विकासमा महानगरले आर्थिकदेखि अन्य आवश्यक सबैखाले सहयोग गर्ने दाहालको भनाई छ । महानगरभित्रको शिक्षा क्षेत्रको विकासमा महानगर सधैँ प्रतिबद्ध रहेको बताउँदै उहाँले राज्यले सहयोग गर्नु पर्नेमा उल्टै बालग्रामले स्थानीय सरकारलाई सहयोग समेत गरेकोमा आभार प्रकट गर्नु भयो । नागरिकको पक्षमा सरकारलाई जिम्मेवार बनाउने काममा बालग्रामले महत्वपूर्ण भूमिका खेलेको र सरकारले गर्नु पर्ने काम एउटा सामाजिक संस्थाले गरेर राज्यको निकायलाई निकै ठुलो गुन लगाएको दाहालले बताउनु भयो । भरतपुर महानगर वडा नम्बर ८ का अध्यक्ष दामोदर न्यौपानेले एसओएस बालग्रामलाई स्थानीय सरकारले आवश्यक सबैखाले सहयोग गर्न आवश्यक रहेको बताउनु भयो । यसले दिएको शिक्षादेखि अनाथ बालबालिकाको पालनपोषण र यसको ब्यवस्थापन निकै प्रभावकारी रहेको न्यौपानेको भनाई छ । चालु आर्थिक वर्षदेखि यसको थप विकासका लागि वडा कार्यालयले पनि बजेट विनियोजन गर्न थालेको र यो आर्थिक वर्षमा ५ लाख बजेट विनियोजन गरेको बताउनु भयो । कार्यक्रमका अध्यक्ष तथा बालग्रामका राष्ट्रिय निर्देशक पौडेलले मेयर रेनु दाहाललाई बालग्रामको आमाको जिम्मेवारी लिन आग्रह गर्नु भएको थियो । यहाँ ११३ जना बालबालिकाहरु निकै ब्यवस्थित रुपमा बालग्राममा बसेर आवासीय रुपमा अध्ययन गर्दै आएका छन् भने १०१ जना युवालयमा रहेका छन् ।  बालग्रामले एसओएस हर्मन माईनर स्कुल समेत संचालन गरिरहेको छ, जहाँ ६ सय ८८ जना विद्यार्थीले अध्ययन गर्ने गरेका छन् । डा. हर्मन माईनर संस्थापक रहेको यो  स्कुल चितवनमा विद्यार्थी र अभिभावकको पहिलो रोजाईमा पर्ने गरेको छ । १३५ बढी देशमा यसको शाखा रहेको छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.