• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

‘भारत जोड्ने प्रसारण लाइनको भाडा २५ वर्षसम्म नेपालले एक्‍लै तिर्नुपर्ने’ भन्‍ने समाचारको उर्जा मन्त्रालयबाट खण्डन

  •   बिहिबार, कार्तिक २०, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । उर्जा मन्त्रालयले ‘भारत जोड्ने प्रसारण लाइनको भाडा २५ वर्षसम्म नेपालले एक्‍लै तिर्नुपर्ने’ भन्‍ने समाचारको खण्डन गरेको छ ।  विहिबार मन्त्रालयका प्रवक्ता सन्दीप कुमार देवले विज्ञप्ति जारी गर्दै आगामी पाँच वर्षभित्र भारतले नेपालबाट एक युनिट बिजुली नकिने पनि ८ देखि १० अर्ब भारतसमक्ष बुझाउनु पर्ने भन्‍ने केही सञ्‍चार माध्यमले प्रकाशन गरेको समाचारप्रति मन्त्रालयको गम्भीर ध्यानकर्षण भएको जनाएका हुन् ।

    मन्त्रालयले सो सम्झौताका बारेमा स्पष्ट पर्दै भनेको छ:  

    नेपाल-भारत दुई देश बीच विद्युत आयात र निर्यातको लागि ४०० के. भि. क्षमताका अन्तरदेशीय विद्युत प्रसारण लाइनहरू निर्माण गर्ने सहमति अनुसार ढल्केवर-मुज्जाफरपुर ४०० के. भि. अन्तरदेशीय विद्युत प्रसारण लाइन सञ्‍चालनमा छ भने न्यू बुटवल-गोरखपुर ४०० के. भि. अन्तरदेशीय विद्युत प्रसारण लाइन निर्माणधीन छ। ढल्केवर-मुज्जाफरपुर अन्तरदेशीय विद्युत प्रसारण लाइनको नेपाली खण्ड र भारतीय खण्ड निर्माण तथा सञ्‍चालनको लागि नेपाल र भारतमा  अलग अलग संयुक्त कम्पनी स्थापनाहरू स्थापना भएको छ।

    नेपालमा स्थापना भएको संयुक्त कम्पनीमा नेपाल विद्युत प्राधिकरणको पचास प्रतिशत (५०%) शेयर छ भने भारतमा स्थापना भएको संयुक्त कम्पनीमा नेपाल विद्युत प्राधिकरणको सोह्र प्रतिशत (१६%) शेयर छ। त्यसैगरी, न्यू बुटवल-गोरखपुर अन्तरदेशीय विद्युत प्रसारण लाइनको भारतीय खण्ड निर्माणको लागि भारतमा संयुक्त कम्पनी स्थापना भएको छ। उक्त कम्पनीमा नेपाल विद्युत प्राधिकरणको पचास प्रतिशत (५०%) शेयर छ। यी दुबै अन्तरदेशीय विद्युत प्रसारण लाइनहरूमा लगानी जुटाउनको लागि नेपाल विद्युत प्राधिकरणले २५ वर्षको लागि ‘क्यापासिटी बुकिङ’ गरेको छ।

    यसै मोडालिटीमा नेपाल-भारतबीच इनरुवा-पूर्णीया र दोदोधारा-बरेली थप दुई वटा ४०० के. भि. क्षमताका अन्तर्देशीय प्रसारण लाइनहरु संयुक्त लगानीमा निर्माण गर्न संयुक्त निर्देशक समिति (जेएसि) को १२ औं बैठकमा निर्णय भएको र सोही निर्णय कार्यान्वयन गर्न हालै नेपाल विद्युत प्राधिकरण र पावर ग्रिड कर्पोरेशन अफ इण्डिया लिमिटेडबीच संयुक्त कम्पनी स्थापना सम्बन्धी ज्वाइन्ट भेन्चर र शेयरहोल्डर्स एग्रिमेण्ट मा हस्ताक्षर सम्पन्‍न भएको छ। यस सम्झौता बमोजिम यी दुबै प्रसारण लाइनहरूको नेपाली खण्ड र भारतीय खण्ड निर्माणको लागि नेपाल र भारतमा स्थापना हुने संयुक्त कम्पनीमा नेपाल विद्युत प्राधिकरणको शेयर क्रमश: एकाउन्‍न प्रतिशत (५१%) र उनान्पचास प्रतिशत (४९%) रहने छ।

    यी दुबै प्रसारण लाइनहरूमा पनि नेपाल विद्युत प्राधिकरणले २५ वर्षको लागि ‘क्यापासिटी बुकिङ’ गरिएको हो। तर यी प्रसारण लाइनहरूको ट्रान्समिशन सर्भिस चार्ज समाचारमा आए जस्तो नेपालले भारतलाई बुझाउने नभई संयुक्त कम्पनीहरूलाई बुझाउने हो जसमा नेपाल विद्युत प्राधिकरण पनि बराबरको हिस्सेदार रहेको छ। उक्त कम्पनीबाट प्राप्‍त हुने लाभ नेपाल विद्युत प्राधिकरणले पनि शेयर हिस्सा बमोजिम प्राप्‍त गर्नेछ।

    नेपाल विद्युत प्राधिकरणले हालसम्म ११,४३३ मेगावाट क्षमताको विद्युत खरिद-बिक्री सम्झौता गरिसकेको छ। कुल १२,६४६ मेगावाट बराबरको विद्युत खरिद-बिक्रीको लागि आवेदन प्राप्‍त भएको मध्ये ५,२३० मेगावाट क्षमताको ग्रिड कनेक्सन एग्रीमेन्ट सम्पन्‍न भएको छ। विद्युत खरिद-बिक्री सम्झौता सम्पन्‍न भएका र विद्युत खरिद-बिक्रीको लागि आवेदन दिइएका विद्युत आयोजनाहरूबाट उत्पादित विद्युतको बजार सुनिश्‍चितताको लागि पनि माथि उल्लेखित अन्तरदेशीय प्रसारण लाइनहरूको निर्माण समयमा नै हुन अति आवश्यक हुन्छ। साथै, यस प्रकारका प्रसारण लाइनहरू नितान्त व्यवसायिक प्रयोजनका लागि निर्माण गरिने हुँदा सञ्‍चार माध्यममा व्याख्या गरिए अनुसारको भ्रामक समाचार प्रति दिग्भ्रमित नहुन सर्वसाधारणलाई अनुरोध पनि गरिन्छ ।

     

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.