• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा कर छुटका अवसर उपयोग गर्न आग्रह

  •   बिहिबार, कार्तिक २७, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले कर छुटका अवसर उपभोग गर्न आम सेवाग्राहीलाई आग्रह गरेको छ । कार्यालयले आज बिहीबार एक विज्ञप्ति प्रकाशित गरी राष्ट्र निर्माणका लागि सबै करदाताले पारदर्शी रूपमा कर तिर्न, कर छलि नियन्त्रणमा सहयोग गर्न र राजस्व असुलीमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको हो ।

    विज्ञप्तिमा जेनजी आन्दोलनका कारण गत भाद्र २३ र २४ गते कार्यालयमा आंशिक क्षति पुगे पनि भाद्र २९ गतेदेखि नै सेवा प्रवाह आंशिक रूपमा सुचारु गरी हाल सबै सेवा पूर्णरूपमा सञ्चालनमा ल्याइएको जनाईएको छ । कार्यालयका अनुसार, चितवनका सात स्थानीय तहमध्ये तीनवटामा भरतपुर कार्यालयबाट र बाँकी चारवटामा आन्तरिक राजस्व कार्यालय खैरहनीमार्फत सेवा प्रवाह भइरहेको छ । नेपाल सरकारले संगठनात्मक संरचनामा केही परिवर्तन गरे पनि वैकल्पिक व्यवस्था नहुँदासम्म पुरानै संरचनाबाट सेवा निरन्तर रहने कार्यालयले स्पष्ट पारेको छ ।

    कार्यालयका प्रमुख पुण्य बिक्रम खड्काका अनुसार चितवन जिल्लाभित्र करिब ७२ हजार करदाता रहेका छन् । यो संख्या क्रमशः बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०८२÷०८३ को असोज मसान्तसम्मको राजस्व असुली लक्ष्य ५ अर्ब ६५ करोडमध्ये ५ अर्ब ५१ करोड अर्थात् ९७.४७ प्रतिशत असुली भएको उहाँले जानकारी दिनुभयो ।

    गत वर्षमा आय विवरण बुझाउने दायित्व भएका करदातामध्ये करिब ५० प्रतिशतले विवरण नबुझाएको पाइएको भन्दै उहाँले भन्नुभयो “कार्यालयबाट प्रत्येक करदातालाई फोन सम्पर्क गरी विवरण बुझाउन अनुरोध गरिएको छ ।” मंसिर १ देखि ५ गतेसम्म माइकिङ र सचेतना कार्यक्रम सञ्चालन गरी करदाताहरूलाई सरकारले उपलब्ध गराएका विभिन्न सुविधाबारे जानकारी दिने तयारी गरिएको उहाँको भनाई छ ।

    गत वर्षसम्म पाँच हजारभन्दा बढी करदाताले करिब रु. १ अर्ब ५५ करोड बक्यौता नबुझाएकोले अचल सम्पत्तिमाथि दाबी राखी कानूनी कारवाही थालिने समेत उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “करदाताहरूलाई कर असुली तथा नियमित सेवामा सहयोग गर्न हामीले अपिल गरेका छौं ।”

    राजस्व चुहावट नियन्त्रणमा सबैको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै खड्काले बजार अनुगमन टोली नियमित रूपमा खटाइएको बताउनुभयो । उहाँले भन्नुभयो “कारोबार गर्दा करदाताले विल–विजक जारी गरेका छन् कि छैनन् भन्ने विषयमा अनुगमन भइरहेको छ । यस कार्यमा सहयोग गर्न म सबैलाई आग्रह गर्दछु ।”

    कुनै स्थानमा मेला, महोत्सव वा प्रदर्शनी सञ्चालन गर्दा आयोजकले सम्बन्धित निकायबाट अनुमति लिनुका साथै आन्तरिक राजस्व कार्यालयमा अस्थायी मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै प्रमुख खड्काले भन्नुभयो “जिल्ला राजश्व चुहावट नियन्त्रण समितिको कात्तिक २४ गतेको बैठकले यस विषयमा निर्णय नै गरेको छ ।” यसको अनुगमन कार्यालयले गर्ने बताउनुभयो ।

    जेनजी आन्दोलनका क्रममा कार्यालयका करदातासम्बन्धी केही फाइल र कागजात नष्ट भएकाले स्थायी लेखा नम्बर खारेज गर्ने प्रक्रिया केही समयका लागि प्रभावित भएको भन्दै प्रमुख खड्काले भन्नुभयो “यस्ता करदाताको कर परीक्षण गरी दायित्व एकिन गर्ने कार्य छरितो ढंगले सम्पन्न गर्न सरोकारवालाको पनि सहयोग आवश्यक हुन्छ ।”

    आन्तरिक राजस्व विभागको निर्देशन अनुसार कार्यालयले कर परीक्षण नीति कार्यान्वयन गरिरहेको छ । यस अन्तर्गत आयकर ऐन २०५८ र मूल्य अभिवृद्धि कर ऐन २०५२ बमोजिम म्याद पुगेका करदाताका फाइल तत्काल परीक्षण गर्ने, राजस्व जोखिमका आधारमा परीक्षण आवश्यक परेमा विभागीय स्वीकृति लिएर अनुसन्धान गर्ने कार्य भइरहेको कार्यालयले जनाएको छ । केहि सञ्चार माध्यमा आएका समाचारका आधारमा आन्तरिक राजस्व कार्यालयमा पेश गर्नु पर्ने आय विवरणका साथ संलग्न गर्नुपर्ने लेखापरीक्षण प्रतिवेदन आवश्यक पर्ने नपर्ने विषयमा द्विविधा भइ करदाताहरूले कार्यालयमा जिज्ञासा राख्‍ने गरेको बताउँदै उहाँले भन्नुभयो “आय विवरण पेश गर्नु पर्ने दायित्व भएका करदाताहरूमध्ये डे०३ विवरण पेश गर्ने करदाता अर्थात कुनै व्यक्ति वा संघ, संस्था, प्रतिष्ठान वा निकायले लेखा परीक्षकबाट कारोबारको लेखा परीक्षण गराइ आय विवरण पेश गर्नु पर्ने कानूनी व्यवस्था यथावत रहेको छ ।”

    कार्यालयले आर्थिक ऐन २०८२ मार्फत प्रदान गरिएका आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कसम्बन्धी विशेष छुट तथा सुविधाका प्याकेजहरूको उपयोग गर्न करदातालाई आग्रह गरेको छ । विवरण नबुझाएका, कर दाखिला नगरेका वा आयकर निर्धारणमा चित्त नबुझेको कारण कर तिर्न बाँकी रहेका करदाताहरूले पौष मसान्तसम्म स्वयम् विवरण बुझाई सहुलियतपूर्ण व्यवस्था उपयोग गर्न सक्ने खड्काले बताउनुभयो ।

    यसैबीच मूल्य अभिवृद्धि कर ऐन, २०५२ लागू भएको दिनको सम्झनामा मंसिर १ गते राष्ट्रिय कर दिवस, २०८२ मनाइने भएको छ । यस वर्ष जेनजी आन्दोलनका कारण धेरै कार्यालयमा क्षति पुगेकाले एकदिनमात्र कार्यक्रम आयोजना गरिने भएको हो ।

    मंसिर १ गते बिहान ७ बजे रक्तदान कार्यक्रम र बिहान ९ बजे शुभकामना आदानप्रदान कार्यक्रम हुने कार्यालयले जनाएको छ । साथै, आर्थिक वर्ष २०८०÷०८१ मा सबैभन्दा बढी आयकर दाखिला गर्ने एक करदातालाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.