• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

  •   बिहिबार, कार्तिक २७, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले मधेश प्रदेशका ८ वटा जिल्लाहरूमा भएका आर्थिक गतिविधि अध्ययन अन्तर्गत स्थलगत तथा गैरस्थलगत सर्वेक्षणबाट प्राप्त तथ्याङ्क एवं राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशन गरेको तथ्याङ्कका आधारमा तयार गरिएको आर्थिक वर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक गरेको छ । प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१-८२ मा देशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा ६१ खर्ब ७ अर्ब रहने अनुमान राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको छ भने मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा ८ खर्ब ४ अर्ब रहने अनुमान छ । आर्थिक वर्ष २०८१-८२ मा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा ३.९९ प्रतिशतले वृद्धि हुने र मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा ३.८८ प्रतिशतले वृद्धि हुने अनुमान छ ।

    यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान कृषि, वन तथा मत्स्य पालन क्षेत्रको (३६.७० प्रतिशत) रहेकोमा सबैभन्दा कम योगदान खानी तथा उत्खनन क्षेत्रको (०.१५ प्रतिशत) रहेको छ । आर्थिक वर्ष २०८१-८२ मा मधेश प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन डलरमा ९३२ हुने अनुमान रहेको छ । त्यस्तै आर्थिक वर्ष २०८१-०८२ मा प्रदेशमा तरकारी तथा बागवानीले ओगटेको क्षेत्रफलमा १०.२७ प्रतिशतले वृद्धि भएको छ भने खाद्य तथा अन्य बालीले ओगटेको क्षेत्रफलमा १.४९ प्रतिशत र फलफूल तथा मसला बालीले ओगटेको क्षेत्रफलमा क्रमशः २५.२० र ७.९४ प्रतिशतले कमी आएको छ । आर्थिक वर्ष २०८१-०८२ मा खाद्य तथा अन्य बालीको उत्पादनमा १४.०१ प्रतिशतले वृद्धि भएकोछ ।

    तरकारी तथा बागवानी उत्पादनमा ९.७९ प्रतिशत वृद्धि भएको छ भने फलफूल उत्पादनमा ९.०७ प्रतिशत र मसला उत्पादनमा १०.५३ प्रतिशतले कमी आएको छ । त्यसैगरी आर्थिक वर्ष २०८१-०८२ मा पशुजन्य उत्पादनतर्फ दूधको उत्पादनमा ३.१६ प्रतिशत, अण्डाको उत्पादन ९.६४ प्रतिशत, माछाको उत्पादन ५.९५ प्रतिशत बृद्धि भएको छ भने मासुको उत्पादनमा ०.९० प्रतिशतले कमी आएको छ । वनजन्य उत्पादनअन्तर्गत काठको उत्पादन २२.५६ प्रतिशतले वृद्धि भएको छ भने दाउराको उत्पादन १८.१२ प्रतिशतले घटेको छ । त्यस्तै आर्थिक वर्ष २०८१-८२ मा मधेश प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाबाट कृषि, माछापालन र वन क्षेत्रमा ६२ अर्ब ९८ करोड कर्जा प्रवाह भएको छ, जुन मधेश प्रदेशमा प्रवाहित कुल कर्जाको १२.७० प्रतिशत हुन आउँदछ ।

    त्यस्तै मधेशको उद्योग क्षेत्रमा आर्थिक वर्ष २०८१-८२ मा अध्ययनका लागि नमुना छनौटमा समेटिएका प्रमुख उद्योगहरूको उत्पादन क्षमता उपयोग औसतमा ४६.४७ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८१-०८२ मा बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जामा ५.११ प्रतिशतले वृद्धि भई १ खर्ब २८ अर्ब ९ करोड पुगेकोछ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो कर्जा १ खर्ब २१ अर्ब ८७ करोड रहेको थियो । मधेश प्रदेशको उद्योग क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये गैर–खाद्यवस्तु उत्पादन उद्योगतर्फ ५१.७६ प्रतिशत, कृषि–वन तथा पेय पदार्थ उत्पादन उद्योगतर्फ ३७.३९ प्रतिशत, धातुको उत्पादन, मेशिनरी तथा इलेक्ट्रोनिक्स एवम धातुका सामानको उत्पादनतर्फ ४.१३ प्रतिशत, निर्माण उद्योगतर्फ ५.२६ प्रतिशत, खानी उद्योगतर्फ ०.८९ प्रतिशत र विद्युत, ग्याँस तथा पानी उद्योगतर्फ ०.५८ प्रतिशत कर्जा प्रवाह भएको छ ।

    त्यस्तै सेवा क्षेत्र अन्तर्गत मधेशमा आर्थिक वर्ष २०८१-०८२ मा मधेश प्रदेशको नमुना छनौटमा परेका होटलमा कार्यरत कर्मचारीहरूको संख्यामा २०.४२ प्रतिशतले कमी आएको छ भने पर्यटकको आगमनमा १८.२५ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८१-०८२ मा घरजग्गा रजिष्ट्रेसन संख्या ३४.१७ प्रतिशतले वृद्धि भएकोछ भने घर जग्गा रजिष्ट्रेशनबाट संकलित राजस्व १९.२९ प्रतिशतले कमी भएकोछ । समीक्षा अवधिमा यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूले संकलन गरेको कुल निक्षेप १६.६८ प्रतिशतले वृद्धि भई रु.४ खर्ब ७ अर्ब ७३ करोड पुगेको छ भने यस प्रदेशमा प्रवाह गरेको कर्जा ३.६२ प्रतिशतले वृद्धि भई ४ खर्ब ९५ अर्ब ८६ करोड पुगेको छ ।

    त्यस्तै पूर्वाधार र रोजगारी अन्तर्गत प्रदेशमा निर्माणाधीन र निर्माण हुने क्रममा रहेका राष्ट्रिय गौरवका आयोजनाहरूमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पूर्व–पश्चिम रेलमार्ग, हुलाकी राजमार्ग, काठमाडौं तराई मधेश द्रुतमार्ग र राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रम कार्यान्वयनको चरणमा रहेका छन्। उक्त आयोजनाहरुमध्ये हुलाकी सडक मार्गको निर्माणको गति तुलनात्मक रुपमा तीव्र रहेको छ । आर्थिक वर्ष २०८१-०८२ मा मधेश प्रदेशबाट बैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनेको संख्या १ लाख ९३ हजार ९ सय २ रहेको छ । यो संख्या मुलुकबाट श्रम स्वीकृति लिने कुल संख्याको २३.१० प्रतिशत हो ।

    चितवनमा उद्योग दर्ता र नवीकरण अब अनलाइनबाटै
    पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक १ अर्ब ९१ करोड घाटा
    कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.