• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चितवनमा जेनजी आन्दोलनका क्रममा तोडफोड–आगजनीगर्ने २८ जना पक्राउ

  •   शनिबार, कार्तिक २९, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जेनजी आन्दोलनका क्रममा चितवनका विभिन्न सरकारी कार्यालयमा भएको तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा २८ जना पक्राउ परेका छन्। फोटो र भिडियोका आधारमा परिचय खुलेका व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। पक्राउ परेकामध्ये १२ जनालाई हाजिरी जमानीमा छाडिएको छ भने १६ जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ। केही व्यक्तिहरू यसअघि पनि विभिन्न आपराधिक घटनामा संलग्न रहेको भेटिएको एसपी गोविन्द पुरीले बताए।

    उनका अनुसार ७ जना पहिले नै अदालतबाट दोषी ठहर भई सजाय भुक्तान गरिसकेका व्यक्ति हुन्। यसअघि ज्यान मार्ने कसुर, लागुऔषध तस्करी, अभद्र व्यवहारलगायतका मुद्दामा जेल सजाय भोगेका व्यक्तिहरू समेत हालको घटनामा संलग्न फेला परेको प्रहरीले जनाएको छ। बैंकका एटीएम फोड्ने प्रयास, सरकारी कार्यालयमा आगजनीको नेतृत्व गर्ने, भिडलाई उक्साउने, प्रहरीमाथि अभद्र व्यवहार गर्ने तथा हतियार खोस्नेमध्ये संलग्नलाई पक्राउ गर्ने कार्यलाई अझ तीव्रता दिइएको एसपी पुरीले बताए। भदौ २४ गतेको घटनामा जिल्ला प्रशासन कार्यालय, मालपोत, आन्तरिक राजस्व, अदालत, सरकारी वकिल, पूर्वाधार कार्यालयसहित दर्जनभन्दा बढी सरकारी निकायमा आगजनी तथा तोडफोड भएको थियो।

    जिल्लाका ७ पालिकामध्ये माडी नगरपालिकाबाहेक सबै स्थानीय तह प्रभावित भएका थिए। सरकारी कार्यालय र निजी घरका मालिकले क्षतिको विवरणसहित उजुरी दिएका छन्। संलग्न जो–कोहीलाई पक्राउ गरी कानूनी प्रक्रिया अघि बढाइने जनाउँदै एसपी पुरीले पक्राउ परेकालाई छोड्नका लागि कुनै पनि प्रकारको दबाब नदिन आग्रह गरे। २४ गतेको घटनापछि हातहतियारसहित समुदायमा गएर आतंक फैलाउने, तर्साउने कार्यमा संलग्न ११ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

    उनीहरूविरुद्ध अभद्र व्यवहार लगायतका मुद्दामा अनुसन्धान भइरहेको छ। जेनजी आन्दोलनपछि मोटरसाइकल मोडिफाइ गरी ठूलो आवाज निकालेर आतंक फैलाउने प्रवृत्ति देखिएपछि प्रहरीले कात्तिक महिनामा मात्र ६१ वटा मोटरसाइकल र ५ जनालाई नियन्त्रणमा लिएको छ। मोटरसाइकल मोडिफाइ गर्ने ३ जना वर्कसप सञ्चालक पनि पक्राउ परेका छन्।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.