काठमाडौं । अहिले बिहानपख तराई भूभागमा कुहिरो देखिएको छ भने हिमाली भूभागका केही स्थानमा हल्का हिमपात भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। मंगलबार देशभरको मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशभरको मौसम सामान्यतया सफा रहनेछ । आज राति गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक बदली रहने सम्भावना रहनेछ भने अन्य स्थानको मौसम सफा रहनेछ । त्यस्तै भोलि र पर्सी पनि गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ भने अन्य स्थानको मौसम सफा रहनेछ ।








