• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कयरखोलामा पक्की पुल निर्माण: ४ करोड ३८ लाख लागतमा काम सुरु

  •   बुधबार, मङि्सर १०, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कालिका नगरपालिका–१० स्थित तीनदोभान क्षेत्रमा पक्की पुल निर्माण हुने भएको छ। उक्त पुलको शिलान्यास आज एक कार्यक्रमकाबीच नगर प्रमुख विनोद रेग्मीले गरेका छन् । शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रमुख रेग्मीले पुल निर्माणलाई उच्च प्राथमिकतामा राखिएको बताए। इच्छाकामना गाउँपालिकासँग सडकमार्फत जोडिन सकिने भएकाले यो परियोजना महत्वपूर्ण रहेको उनले उल्लेख गरे।

    कयरखोलामा बारम्बार आउने बाढीले मानविय क्षति पुर्‍याउँदै आएको स्मरण गर्दै रेग्मीले जोखिम कम गर्न तथा आवागमन सहज बनाउन पुल र बाटो निर्माण दुवैलाई प्राथमिकतामा राखिएको जानकारी दिए। उनका अनुसार पहाडी क्षेत्रका कृषिजन्य उत्पादन बजारसम्म पुर्‍याउन सहज हुने, स्थानीय बासिन्दालाई सहरसम्मको पहुँच खुल्ने र समग्र आर्थिक गतिविधिमा टेवा पुग्ने उद्देश्यसहित पुल निर्माणको योजना अघि बढाइएको हो। कार्यक्रममा उप–प्रमुख विमला तामाङ, पूर्व मेयर खुमनारायण श्रेष्ठ ‘गोपी’, पूर्व उप–प्रमुख कमला भट्टराई, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कर्मचारी तथा प्राविधिकको उपस्थिति थियो।

    नगरपालिकाका भौतिक पूर्वाधार शाखा प्रमुख इन्जिनियर किशोर खतिवडाका अनुसार आर्थिक वर्ष २०८१/८२ मा संघीय सरकारको शर्त–अनुदानमार्फत २ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो। विस्तृत प्रतिवेदन (डीपीआर) तयार नभएकाले त्यतिबेला काम अघि बढ्न सकेन। पछि स्थलगत निरीक्षणसहित आवश्यक मापदण्ड पूरा गरी प्रतिवेदन तयार भएपछि योजना प्रक्रिया अघि बढाइएको हो। २०८२ असार १७ गते निर्माण पक्षसँग ४ करोड ३८ लाख ६७ हजार ८५५ रुपैयाँ लागतमा पुल निर्माण गर्ने सम्झौता भएको छ। चालू आर्थिक वर्षमा कालिका नगरपालिकाले २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

    निर्माणाधीन पुल ४० मिटर स्पानको रहनेछ। पुलको दायाँ–बायाँ नदी नियन्त्रणका लागि ६०–६० मिटर एप्रोज निर्माण गर्ने प्रावधान सम्झौतामा उल्लेख छ। हाल जग निर्माण तथा रड हाल्ने कार्य भइरहेको छ। पुलको लम्बाइ १२.५ मिटर र चौडाइ ८.४ मिटर रहनेछ। कालिका नगरपालिकाले पुल निर्माणले सडक सञ्जाल सुदृढ भई स्थानीयको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा व्यक्त गरेको छ। शिलन्यास कार्यक्रम कालिका नगरपालिका वडा नं. १० का वडा अध्यक्ष नरजंग प्रजाको अध्यक्षतामा आयोजना गरिएको हो । गाउँ जान आउन पक्की पुल बन्नेभएपछि स्थानीयहरु पञ्चेबाजा बजाएर खुशी मनाएका थिए ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.